२२ भाद्र २०८३, सोमबार

 

जनहित कला केन्द्र मल्मको तिहार मेला सुरु

बागलुङ कात्तिक १९
गलकोट नगरपालिका वडा नं ७ का वडा अध्यक्ष सुवेदार टिका बहादुर थापाले खेलकुद कला संस्कृतिको संरक्षण गर्दै सामाजिक एकता कायम गर्न युवाहरुको भूमिका महत्वपुर्ण हुने बताउनु भएको छ ।

जनहित कला केन्द्र गलकोट नगरपालिका ७ मल्म बागलुङको चौथो वार्षिक उत्सव तथा छैठौं तिहारे मेलालाई सम्बोधन गर्दै अध्यक्ष थापाले यस्तो बताउनु भएको हो ।

नेपालीको गर्व उज्यालो पर्व दरम घुम्टे हामी सबैको शान, खेल, कला संस्कृति हाम्रो स्थानिय पहिचान भन्ने मुल नाराका साथ आजबाट सुरु भएको मेलामा नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रतिनिधि हुम बहादुर बस्नेत, घुम्टे युवा परिवारका अध्यक्ष थम्मन थापा सन्देश, दलित अगुवा तथा समाजसेवी राजकुमार दर्जी लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

२१ गतेसम्म सञ्चालन हुने मेलामा वडा स्तरिय पुरुष भलिबल, सामुहिक नृत्य, एकल नृत्य, सोरठी देउसी भैलो सॅगै राष्ट्रिय स्तरका कलाकारहरु विष्णु खत्री बसन्त थापा, आशिष अविरल, दुर्गेश थापा, ईश्वर सिंह, कर्ण परियार, राम खत्री लगायतको सांगितिक प्रस्तुति रहने आयोजकले जनाएको छ ।

मेला जनहित कला केन्द्र मल्मका अध्यक्ष ज्ञान बहादुर थापाको अध्यक्षता, उपाध्यक्ष चिरञ्जिवी मरासिनीको स्वागत र सचिव कोपिला खडका र सदस्य खिम थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung