११ कार्तिक २०८३, मंगलवार

 

वनभोज गएका १ विद्यार्थीको मोटरसाईकल दुर्घटनामा मृत्यु, अर्का एक घाईते

बागलुङको दुदिलाभाटी चौराहमा मोटरसाईक दुर्घटना हुदाँ एक जनाको ज्यान गएको छ । गलकोट नगरपालिका वडा नम्बर नम्बर–१ दुदिलाभाटीको चौराहमा ध १ प २७८१ नम्बरको मोटरसाईकल दुर्घटना हुदाँ धौलागीरी माद्यामिक बिद्यालय बागलुङ नगरपालिकाका अनिल सापकोटाको ज्यान गएको हो ।

सापकोटाको टाउको फुटेको र खुट्टा भाँचिएको नरेठाटी प्रहरी चौकिले जनाएको छ । मृतक सापकोटा कक्षा १२ मा अध्ययनरत बिद्यार्थी हुन । सोहि मोटरसाईकलमा सवार कक्षा १० मा अध्ययनरत संगम पन्तको बायाँ हात र कम्मरमा चोट लागेको स्थानीय गुमानसिंह बुढाथोकिले बताए । घाईते पन्तलाई हटिया स्थित ईमरजेन्सि पोलिक्नििकमा उपचार भईरहेको छ ।

पन्तलाई थप उपचारका लागी पोखरा पठाउन लागीएको अस्पतालले जनाएको छ । उनिहरु धौलागिरी माद्यामिक बिद्यालय बागलुङ रात्माटाबाट बनभोजका लागी गलकोट र काठेखोलाको संगम स्थल भ्यु टावरमा आएका बिद्यालयले जनाएको छ । बनभोजमा आवश्यक सामाग्री लिएर हटिया देखि भ्यु टावर जादै गर्दा झाक्रिस्थानमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung