३ श्रावण २०८३, आईतवार

 

हजारौं वर्ष पुरानो कवचसहितको घोडाको अवशेष भेटियो

इटालिमा ऐतिहासिक महत्वको संरक्षित क्षेत्र ‘भिल्ला अफ मिस्ट्रिज’ मा झण्डै २ हजार वर्ष पुरानो घोडाको अवशेष भेटिएको छ। आश्चर्य के छ भने ती घोडाहरुको अवशेष कवचसहित भेटिएका हुन्।

घोडाको अवशेष भेटिएको स्थान ऐतिहासिक पोम्पि शहरभन्दा बाहिर रहेको छ। पुरातत्वविदहरुले यस खोजलाई ‘दुर्लभ अनुसन्धान’ भनेका छन्।

सन् ७९ सालमा माउन्ट भेसुभियस ज्वालामुखी विस्फोटनपछि ऐतिहासिक भिल्ला शहरको विलय भएको थियो।

त्यस समयमा ती घोडाहरुको सहायतामा सर्वसाधारणलाई सहयोग गर्ने लक्ष्य राखिएको पुरातत्व विदहरु बताउछन्। सोहि क्रममा घोडाहरुलाई पनि ज्वालामुखीले पुरेको हुनसक्ने अनुमान गरिएको छ।

ज्वालामुखीले पुरिएको भिल्ला शहर यतिबेला दक्षिण इटालिको क्याम्पानिया क्षेत्रमा अवस्थित छ। ती क्षेत्रहरुलाई इटाली सरकारले संरक्षण गरिरहेको छ।

घोडाहरुको सजावट हेर्दा ती घोडाहरु त्यसबेलाका उच्च पदस्थ व्यक्तिहरुले चढ्ने घोडा भएको अनुमान गरिएको छ।

त्यस क्षेत्रमा यसअघि मानव अवशेष पनि भेटिएका थिए। एजेन्सी

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung