वेलायतको इसेक्समा १२ हजार वर्ष पुरानो हात्तीको ‘दाह्रा’ भेटिएको जनाइएको छ। खोजकर्ताहरुले उक्त दाह्रा ग्लेशियल अवधि अर्थात १२ हजार वर्ष पुरानो रहेको बताएका छन्।
मेरिसा टापुको समुद्र तटमा भेटिएको ६ फिट लामो दाह्रा ‘म्यामोथ’ अर्थात लामो दाह्रा र रौं भएका हात्तीको भएको पुरातत्वविदहरुको भनाइ छ।
उक्त दाह्रा यसै वर्षको मार्चमा भेटिएको थियो। तर उनीहरुले त्यस दाह्रालाई आफूसँग ल्याउने प्रयत्न गरेनन्। दाह्रा निकै कमजोर भएकाले भुँइमै फोटो खिचेर त्यसको नमूना संकलन गरिएको थियो।
यस नमूनाको आधारमा दाह्राको ‘प्लास्टरकास्ट’ प्रतिकृति बनाउने बताइएको छ। त्यस दाह्रा ३० मिनेटसम्म मात्र समुद्रको तटमा देखिएको थियो।
त्यसपछि फेरी समुद्रले बगाएको थियो। संकलन गरिएको नमूनामाथि अनुसन्धान सुरु गरिएको छ। एजेन्सी













































































































































































































