हालसालै वैवाहिक जीवन सुरु गरेका बलिउड अभिनेत्री प्रियंका चोपडा र अमेरिकी गायक निक जोनसको विवाहको चर्चा अझै सेलाएको छैन।
यी दुई सेलिब्रेटीको चर्चा अमेरिका र भारतमामात्रै नभएर विश्वभर नै चलिरहेको छ। उनीहरुको विवाहका केही तस्बिर सार्वजनिक भएका छन्। हालै प्रियंकाले एउटा यस्तो तस्बिर सार्वजनिक गरेकी छन् कि जसमा निककाे हातमा ‘ॐ प्रियंकाय नमः’ लेखिएकाे देख्न सकिन्छ।
यसलो निकको प्रियंकाप्रति ज्यादै माया गर्न पुष्टि भएको छ। विवाहकै समयमा मेहन्दी लगाउने क्रममा उनले हातमा ‘ॐ प्रियंकाय नमः लेखाएका हुन्।
हिन्दू र क्रिस्चियन दुवै परम्पारअनुसार गरिएको यो विवाह प्रियंकाको गृहस्थान जोधपुरमा भएको थियो। यिनीहरुको विवाहका केही तस्बिरमात्र सार्वजनिक गरिएको थियो। किनभने यो जोडीले विवाहका सबै तस्बिरको कपीराइटको अधिकार एक अन्तराष्ट्रिय म्यागेजिनलाई बेचेका थिए।
जोनको हातमा ॐ प्रियंकाय नम लेखिएको तस्बिर प्रियंकाले इन्स्टाग्राममार्फत सार्वजनिक गरेकी हुन्। प्रियंकाको यो तस्बिर सार्वजनिक गरेसँगै बलिउडमा निकले प्रियांकालाई मायाभन्दा धेरै भक्ति गर्न थालेको चर्चा सुरु भएको छ।
प्रियंका चोपडा विगत केही समयदेखि हलिउडमा पनि सक्रिय रहेकी छन्। लामो समयपछि उनी फरहान अख्तरका साथमा ‘स्काई इज पिंक’मार्फत बलिउडमा कमब्याक गर्दैछिन्। यो फिल्मको छायाँकन प्रियंकाले आफ्नो विवाहभन्दा पहिले नै गरेकी थिइन्। यसका अलबा उनका दुई हलिउड फिल्म पनि २०१९ मा प्रर्दशनमा आउँदैछन्।
अहिले प्रियंका निकसँग क्रिसमसको खुसियाली मनाइरहेकी छन्।
















































































































































































