२ जेष्ठ २०८१, बुधबार

 

मालिका समाज बागलुङको अध्यक्षमा पुनः सापकोटा

टोकियो । मालिका समाज बाग्लुङ जापानको दोस्रो अधिबेशनबाट पुनः गुरुप्रसाद सापकोटा सर्वसम्मत रुपमा चयन भएका छन् । टोकियोमा सम्पन्न अधिवेशनले उनको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

समितिको उपाध्यक्षहरुमा ओम प्रसाद सापकोटा, बिनोद सापकोटा, कृष्णप्रसाद सापकोटा , दलबहादुर कुँवर र नन्दू सापकोटा रहेका छन् । त्यसैगरी सचिबमा बिष्णु सापकोटा, सहसचिब जीवन सापकोटा, कोषाध्यक्ष ऋृषिराम सापकोटा र सहकोषाध्यक्षमा देबेन्द्र सापकोटा चयन भएका छन् ।

समितिको सदस्यहरुमा क्रमश देबिलाल सापकोटा ,शेर बहादुर के सि ,दिपेन्द्र सापकोटा ,गोपाल के सि ,सम्झना सापकोटा ,तुल्सिदेबी सापकोटा ,ठाकुर सापकोटा ,राम्जी सापकोटा ,रामु सापकोटा ,हिमाल के सि ,ठाकुर प्रसाद सापकोटा ,रेशम बहादुर सापकोटा ,पदम रेग्मी ,भावना गौडेल सापकोटा ,डण्डपाणि सापकोटा ,झपेन्द्र सापकोटा ,ऋृषिराम रेग्मि ,धनिराम सापकोटा र रोशन सापकोटा (रामु ) छानिनु भएको छ । सल्लाहकार तारा प्रसाद सापकोटा र संरक्षक नारायणदाश सापकोटाको निर्वाचन समितिले कार्यसमिती समिती सर्वसम्मत गठन गरेको जनाईएको छ ।


संस्थाले अंग्रेजी नयाँ बर्षको शुभकामना आदानप्रदान अभिवावक भेटघाट तथा सम्मान कार्यक्रम समेत सम्पन्न गरेको छ । जापान भ्रमणको सिलसिलामा रहेका मालिकाका समाजसेवी चन्द्रप्रसाद सापकोटा तथा उनकी धर्मपत्नी नन्दकली सापकोटालाई सम्मान तथा अभिनन्दन समेत गरेको थियो । गरिएको थियो ।

मालिका बाग्लुङको विकाश निर्माणमा अग्रणी भूमिका निर्वाह गर्दै विभिन्न सामाजिक संघ सँस्थाहरुको नेतृत्व तहमा रहेका सापकोटाले समाजसेवामा आत्मासन्तुष्टिका लागि लागेको बताए ।

उक्त संस्थाको आजीवन सदस्यता लिएका ५० जनालाई सदस्यताको प्रमाण पत्र बितरण गरिएको थियो । अधिबेशनबाट कोषाध्यक्ष ऋृषिराम सापकोटाले प्रस्तुत गरेको आर्थिक तथा प्रगती बिवरण सर्वसम्मत पारित भएको थियो । कार्यक्रममा राम्जी सापकोटाले शुभकामना मन्तब्य र ताराप्रसाद सापकोटाले स्वागत मन्तब्य रोखका थिए । गुरु प्रसाद सापकोटा को सभापतित्व र बिष्णु सापकोटाको संचालनमा सम्पन्न कार्यक्रममा गीतकार नारायण कंडेलको सांगितिक प्रस्तुति र लोक भजनले उपस्थित सबैलाई मनोरन्जन प्रदान गर्दै समापन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्