१२ कार्तिक २०८३, बुधबार

 

नेपाल मगर संघ गण्डकी प्रदेश समितिको घोषणापत्र जारी

बागलुङ । नेपाल मगर संघ गण्डकी प्रदेशले ११ वुँदे बागलुङ घोषणापत्र जारी गरेको छ । यही पुस २७ र २८ गते भएको सम्मेलन तथा प्रदेशस्तरीय अधिवेशनले ३५ सदस्यीय नयाँ कार्यसमिति गठन गर्ने घोषणा पत्र जारी गरेको हो ।बागलुङमा आज (आइतबार) पत्रकार सम्मेलन गरि सो घोषणापत्र सार्वजनिक गरिएको हो ।

पत्रकार सम्मेलनमा नेपाल मगर संघ गण्डकी प्रदेश समितिले सार्वजनिक गरेको बागलुङ घोषणापत्रमा नेपालको संविधान २०७२ द्वारा टुक्राइएको ऐतिहासिक मगरात भुमिलाई भौगोलिक निरन्तरताका आधारमा एकबद्द गर्दै नयाँ सिद्धान्तसहित मगरात प्रदेश प्राप्तिको लागि संघर्ष जारी राख्ने निर्णय गरेको नेपाल मगर संघ गण्डकी प्रदेशका अध्यक्ष सिद्धान्त गर्जा मगरले बताए ।

सम्मेलनले आदिबासी जनजातिका भाषा, संस्कार, संस्कृतिको संरक्षण सम्वर्द्रन राज्यको दायित्व हो भन्ने कुरा सरकार संग माग गर्ने नेपालका प्रथम सहिद लखन थापा मगरको स्मृतिमा फागुन २ गते सहिद दिवस घोषणा गर्न समेत माग गरेको उल्लेख्य गरेको छ ।पत्रकार सम्मेलनमा प्रथम उपाध्यक्ष गणेश बहादुर थापामगर ,नेपाल मगर संघका केन्द्रीय सदस्य जोगलाल बुढाले बागलुङ जिल्लामा भएको राष्ट्रिय सम्मेलन ऐतिहासिक भएको धारणा राखेका थिए ।

नेपाल मगर संघ गण्डकी (मगरात )प्रदेशको महाधिवेशनबाट सिद्धान्त गर्जा मगरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ प्रथम उपाध्यक्षमा गणेशबहादुर थापामगर ,उपाध्यक्ष हेमबहादुर बुढामगर मुख्य सचिव बिष्णु बहादुर रानामगर सचिव हेमन्त थापामगर ,राजकुमार थापामगर ,देबीसरा पुलामीमगर ,महिला सचिव तारामाया थापामगर कोषाध्यक्ष तुल बहादुर सुनारी मगर सह कोषाध्यक्ष मोहन थापामगर रहेकाछन् ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung