बागलुङ जिल्लाको ऐतिहासिक महत्व बोकेको कालिका कन्या मन्दिर माध्यमिक विद्यालय २०७२ सालको भूकम्पले थिचेपछि अहिले तङ्ग्रीदैको अवस्थामा छ । बागलुङ नगरपालिका ३ कम्पुटोलमा रहेको सो विद्यालयमा भूकम्प पछि नेपाल सरकार, दातृ निकाय ,स्थानीय तह ,विभिन्न संघसंस्थाको, पुर्व विद्यार्थी र शिक्षाप्रमीहरुको सहयोगमा भौतिक पूर्वधार निर्माण भएका छन् । तर अझै पनि त्यहाँको शैक्षिक स्तर भने उकासिन सकेको छैन ।
कुनै बेला जिल्लाकै शत प्रतिशत विद्यार्थी एसएलसीमा उत्र्तीण गराउने विद्यालय धौलागिरीकै प्रविधिमैत्री विद्यालयमा गनिन्थ्यो तर पछिल्लो समयमा विद्यालयको शैक्षिक गुणस्तर उकास्न नसकिएको विद्यालयका प्रधानाध्यापक धनराज सापकोटाले बताए ।
प्रतिशतका हिसाबले दलित समुदायका बालबालिका बढी अध्ययन गर्ने सो विद्यालयको शैक्षिक गुणस्तर उकास्नु फलामको चिउरा चपाए सरह अहिले विद्यालयलाई भएको छ ।
शैक्षिक अवस्था
आर्थिक अवस्था कमजोर भएका बालबालिका सो विद्यालयमा अध्ययन गर्ने गरेको प्रधानाध्यापक सापकोटाले बताए । ‘स्कुलबाट छुट्नसाथ कतिपय विद्यार्थी काममा लागेको देखिन्छ, विदाको दिन ठेला चलाएको देखिन्छ, अन्य घरासयी काममा पनि लागेको पाइन्छ । आर्थिक अवस्था कमजोर भएका कारण पनि बालबालिकाहरुले विद्यालय र पठनपाठनलाई पूरा समय दिन सकेका छैनन जसका कारण शैक्षिक गुणस्तर खस्किदो छ’ उनले भने ।
यो पनि पढ्नुहोस् :
विद्यालयको शैक्षिक गुणस्तर बृद्धिको लागि विद्यालय, अभिभावक र विद्यार्थीबीचको सम्बन्ध सुमधुर हुनुपर्छ तर त्यो हुन सकेको छैन उनले भने । तर विगतको तुलनामा पछिल्लो समयमा शैक्षिक गुणस्तर सुधार हुँदै गएको उनले बताए ।२०३४ सालमा सामुदायिक विद्यालयतर्फ उत्कृष्ठ नतिजा हासिल गरेको विद्यालयले २०६८ मा शतप्रतिशत विद्यार्थीमा एसएलसीमा उत्र्तीण गराएको थियो उनले भने ।
कारगारको जग्गामा स्कुल
२०१० सालमा संस्थापक प्रधानाध्यापक चन्द्रकुमारी श्रेष्ठले कन्याहरुको लागि मात्रै पठनपाठनको लागि कन्या मन्दिरका रुपमा उक्त विद्यालय स्थापना गरेकी थिइन् । २०१५ सालमा बागलुङमा राजा महेन्द्र आउनेबेला राजालाई विन्तीपत्र चढाएर सो कारागारको जग्गा विद्यालयको नाउँमा गराउन सफल भएका थिए । त्यसपछि २०१६ सालदेखि कन्या मन्दिरमा चलेको थियो ।२०२९ सालमा अनिवार्य शिक्षा लागू भएपछि कन्या मन्दिर विद्यालयका रुपमा विकसित भएको मानिन्छ ।
नमूना विद्यालय बनाउने अठोट
विभिन्न समस्या र चुनौती हुदाँ हुदै पनि विद्यालयलाई जिल्लाकै नमूना विद्यालय बनाउनको लागि आफू लागि परेको प्रधानाध्यापक सापकोटाले बताए । ‘ म प्रधानाध्यापक त्यसै बनेको होइन, विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गरी जिल्लाकै नमूना विद्यालयका रुपमा विद्यालयलाई स्थापित गर्न बनेको हुँ ’ उनले भने ।
यो पनि पढ्नुहोस् :
विद्यालयलाई प्रविधिकमैत्री र अंग्रेजी माध्यममा संचालन गर्ने अठोटका साथ अगाडि बढेको छु उनले भने । ‘हामीसँग अहिले २० कम्प्युटर जति छ, अहिले पनि मावि र उमावि तहमा कम्युटर पढाई हुन्छ तर यसलाई व्यापक बनाउँदै लैजाने अठोट लिएको छु उनले भने ।
१ देखि १० सम्म नै अंग्रेजीमा पढाउने सोच छ हेरौ कति सफल हुन्छौं तर यो विषयमा म निरन्तर लागि परेको छु उनले भने ।
चुनौती
विद्यालयको शैक्षिक स्तर बृद्धि गर्नु अहिलेको चुनौती रहेको प्रधानाध्यापक सापकोटाले बताए । उनका अनुसार अहिले विद्यालयमा भौतिक अवस्थामा पनि त्यति पूर्ण नभएको भन्दै उनले खेलकुद मैदानको समस्या रहेको औलाए । प्रावि तहमा दरबन्दी भए पनि मावि तहमा दरबन्दी नभएका कारण विद्यालयमा पठन पाठन गर्न असज अवस्था रहेको उनको तर्क छ । प्राविको शिक्षकले मावि र माविको शिक्षकले उच्च मावि तहले हेर्नुपर्ने अवस्था छ जसका कारण पनि शैक्षिक गुणस्तर अभिवृद्धिमा चुनौती देखिएको छ उनले भने ।
परिर्वतन
विद्यालयमा आफू प्रधानाध्यापक भएपछि अहिलेसम्म धेरै नै परिर्वतन भएको उनको दाबी छ । उच्च तह संचालनमा जोड, भौतिक विकास पूर्वधारमा जोड, लेखा प्रणालीलाई कम्प्युटर माध्यमबाट संचालन, फर्निचर आपुर्ति, शैक्षिक गुणस्तर बृद्धिमा पहल गरेको उनको तर्क छ । २०७१ माघ १५देखि म प्रधानाध्यापक भएको हुँ त्यो बेलादेखि अहिलेसम्म म आफैले भन्दा पनि स्थानीय व्यक्तिहरुले कति प्रगती भयो भनेर भन्ने कुरा हो तर यति कुरा मलाई थाहा छ कि विद्यालयको विकासको लागि म अहोरात्र खटिएको छु ।
यो पनि पढ्नुहोस् :
-
चारसयले ‘करोडपति
-
३४ बर्षदेखि ‘कस्मेटिक’ व्यापार
-
७४ वर्षिया चौलागाईले गरिन भत्ता सँगालेर बाख्रापालन,आम्दानीले गलाभरी सुन (भिडियो सहित)
-
विदेशबाट फर्केका तीन भाईले खोले बागलुङमा ‘सेल्स मार्ट’
-
आहा ! बन्जी जम्प (फोटोकथा/भिडियो)
-
दिपकको १० वर्षको बैंकिङ अनुभव– सेन्चुरी बैंकमा लागेर मैले च्यालेन्जलाई एसेप्ट गरेको हुँ
-
शिवशंकरको रोचक प्रगतिस् वर्कसपको कामदारदेखि बजाज स्वरुमको मालिकसम्म
-
‘जेरी’ ले फेरेको जिन्दगी (फोटोकथा)
-
पार्वतीको गाउँमा ‘बटुवा’ (फोटोफिचर)
-
बागलुङ कालिकाको मुहार फेर्ने खड्का
-
जगन्नाथ आचार्य : भगवानसँग मागेको छोरा
-
बीपीसँग चार दिन
-
गरिबी घटाउन बचत र उत्पादनमा जोड गरौ( शर्मा भिडियोे)
-
सृष्टिको नयाँ ‘सृष्टि’