४ जेष्ठ २०८१, शुक्रबार

 

युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालि र गरिमा विकास बैंकबीच सवारी कर्जा सम्झौता

काठमाडौं । नेपालका लागि टोयोटा गाडीको आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालि र गरिमा विकास बैंकबीच सवारी कर्जा सम्झौता भएको छ। अव बैंकले टोयोटा गाडी खरिद गर्ने ग्राहकलाई आधार दरमै सवारी कर्जा उपलब्ध गराउने भएको छ।

सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्याय र युनाइटेड ट्रेडर्स सिन्डिकेटका वरिष्ठ निर्देशक कैलाश बी. राजभण्डारीले हस्ताक्षर गरेका छन्।

ग्राहकले युनाइटेड ट्रेडर्स सिन्डिकेटबाट नयाँ टोयोटा गाडी खरिद गर्दा बैंकले आधार दरमै अधिकतम १२ वर्षे अवधिका लागि सवारी कर्जा लिन सक्नेछन्। ग्राहकले व्यक्तिगत तथा व्यावसायिक दुवै प्रयोजनका लागि टोयोटा ब्रान्डको सवारी साधन खरिद गर्दा यो कर्जा सुविधा प्राप्त गर्ने बैंकले जनाएको छ।

सम्झौतापछि युनाइटेड ट्रेडर्स सिन्डिकेटले गरिमा विकास बैंकलाई बैंकिङ पार्टनरको रुपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ। हाल बैंकले १२३ शाखा, १ एक्सटेन्सन काउन्टर र ५१ एटीउमबाट बैंकिङ दिँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्