२१ जेष्ठ २०८३, बिहीबार

 

चर्चित कलाकार इन्द्र लामा ‘खम्बे’को सेलो गित “लुंगी र चोली” सार्बजनिक (भिडियो)

आशिस तामाङ,

काठमाडौँ – बिगत डेढ दशक देखि कलाकारिता क्षेत्रमा लागेर आम नेपाली दर्शकहरुको मन जित्दै आफ्नो छुट्टै पहिचान बनाउन सफल व्यक्तित्व चर्चित कलाकार तथा गायक इन्द्र दोङ्ग लामा खम्बेको नया सेलो गित “लुंगी र चोली” सार्बजनिक भएको छ ।

उनलाई उक्त गीतमा गायिका लक्ष्मी स्याङ्तानले साथ दिएकी छिन । मिना लामाको शब्द तथा संगीत रहेको यस गीतको म्युजिक भिडियोलाई बुद्ध थापाले छायांकन गरेका छन् भने शिब शर्माले निर्देशन गरेका हुन् । म्युजिक भिडियोमा इन्द्र दोङ्ग लामा खम्बे, निरन्जली लामा, एरिन तामाङ, पुर्णिमा लामा थोकरको अभिनय तथा नृत्य रहेको छ ।

बहुप्रतीभाका धनि कलाकार इन्द्र दोङ्ग लामा खम्बेले कलाकारिता संगै संगीतमा समेत रुचि राख्दै आधा दर्जन गीतहरु बजारमा लिएर आईसकेका छन् ।

कलाकार तथा गायक लामा चर्चित हास्य ब्यङ्ग टेलिचलचित्र “हर्के हल्दार” “झट्का” ” “माईकल ज्याक्सन” लगायात अन्य दर्जनौ टेलिचलचित्र तथा चलचित्र सडक नाटक, स्टेज कार्यक्रम, गाइजात्रहरुमा समेत कुशल अभिनय मार्फत लाखौ दर्शक श्रोताहरुको मन जित्न सफल भएका छन् । साथै उनि उत्कृष्ट निर्माता तथा निर्देशकको रुपमा समेत परिचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung