३ कार्तिक २०८३, सोमबार

 

कांग्रेसको अवरोधबीच चिकित्सा शिक्षा विधेयक पारित

प्रतिनिधि सभाको शुक्रबारको बैठकमा पनि कांग्रेसको अवरोधबीचमै शिक्षामन्त्री गिरिराजमणि पोखरेलले चिकित्सा शिक्षा विधेयक पेस गरेका छन्।

सभामुखको अनुमतिपछि प्रमुख प्रतिपक्षी दल कांग्रेसको अवरोधकाबीच मर्यादापालकहरुले शिक्षामन्त्री पोखरेललाई रोस्टममा पु¥याएका थिए।

कांग्रेसको नारबाजीबीचमै मन्त्री पोखरेलले विधेयक संसदमा पेस गरे। उनले विधेयक पेस गरेपछि सभामुख महराले छलफलमा भाग लिन सांसदहरुलाई आग्रह गरेका थिए।

छलफलमा भाग लिन कुनै सांसदहरुले नाम नदिएपछि सभामुखले त्यसलाई दफावार रुपमा पास गरिएको हो।

मन्त्री पोखरेलले अन्तमा निर्णायार्थ पेस गरेको विधेयक पनि ध्वनी मतका आधारमा पारित भएको हो।

विधेयक पारितसँगै सभामुख महराले संसदको आजको कामकारबाही अन्त्य भएको घोषणा गर्दै अर्को बैठक यही माघ १७ गतेका लागि आह्वान गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung