११ कार्तिक २०८३, मंगलवार

 

गलकोट नगरपालिकाको चौथो नगरसभा सम्पन्न

बागलुङ । गलकोट नगरपालिकाले चौथो नगरसभा सम्पन्न भएको छ । नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन गलकोट नगरपालिकाको नगरसभा सञ्चालन नियमावली २०७४ अनुसार गलकोट नगरपालकाको चौथो नगरसभा सम्पन्न भएको हो ।

नगरसभालाई सम्वोधन गर्दै नगरप्रमुख भरत शर्मा गैरेले संविधानले स्थानीय तहलाई दिएको अधिकार क्षेत्रभित्र रहेर सेवाग्राहीको सुविधालाई ध्यानमा राखी विभिन्न विधेयक, चालु वार्षिक बजेट, करका दरहरु, निर्देशिका तथा निति कार्यविधिहरु पारित गरिएको बताए ।

नगर सभामा नगर कार्यपालिकाको तर्फबाट प्रशासकीय अधिकृत अर्जुन शर्माले गलकोट नगरपालिकाको प्रशासकीय कार्यविधि नियमित गर्ने बिधेयक २०७५, गलकोट नगरपालिकाको कृषि व्यवसाय प्रर्वद्धन गर्ने बिधेयक २०७५, आर्थिक ऐन २०७५ प्रथम विधेयक २०७५, फोहोर मैला ब्यवस्थापन विधेयक २०७५, एफ एम रेडियो ब्यवस्थान तथा सञ्चालन कार्यविधि २०७५ नगरसभाबाट पारित भएको छ ।


सभामा ब्यय अनुमान तथा योजना एवम् कार्यक्रम संसोधन, हाल सम्म भएको खर्च फाँटबारी सम्बन्धमा, योजना बिवरण सम्बन्धमा समेत बिशेष छलफल भएको नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले बताए ।

पारित कानुनहरु नगर प्रमुखले प्रमाणिकरण गरे लगत्तै कानुनको रुपमा नगरपालिका क्षेत्रमा लागु हुने नगरपालिकाका उपप्रमुख रेनुका काउचा मगरले बताइन् । सभामा उपप्रमुख काउचाले संशोधन प्रस्ताव प्रस्तुत गरेकी थिइन । संसोधन गर्न आवश्यक देखिएका केहि योजनाहरु नगरसभाबाट सर्वसम्मत पारित गरिएको प्रसाशकीय अधिकृत अर्जुन शर्माले बताए ।

सभामा बोल्दै गलकोट नगरपालिका वाड नम्बर २ का अध्यक्ष हिमबहादुर भण्डारी हेमन्तले नगरले शिक्षा र स्वास्थ क्षेत्रको बिकासका लागी बिशेष योजना बनाउनुपर्ने बताए ।


भण्डारीले गलकोटको हटियामा जेब्राक्रसिङ आवश्यकता, युवाहरुमा बढ्दो लागुपदार्थ दुव्र्यसनी, खोलामा जथाभावी स्काभेटर प्रयोग लगायतलाई न्युनिकरण गनुपर्नेमा जोड दिए । वाड नम्बर ३ का अध्यक्ष बिरजङ भण्डारीले नगरपालिकाले सर्वप्रथम स्थानीयलाई हरेक क्रियाकलापमा पहिलो प्राथमिकता दिनुपर्ने बताए ।

बिगतका दिनमा नगरका केहि कामहरु जिल्लामा पठाउने परिपार्टि भएको भन्दै उनले आगामी दिनमा यस्ता क्रियाकलापमा स्थानीयलाई प्रोत्साहन गनुपर्नेमा जोड दिए ।

वाड नम्बर ८ का अध्यक्ष रामप्रसाद कडेलले नगरपालिकाको जग्गा ब्यवस्थापन गर्नका लागि सबै जनाको एकमत हुनुपर्ने बताए । बिगतका दिनमा केहि ब्यक्तिहरुले आफुलाई पायक पर्ने ठाउँमै नगरको केन्द्र हुनुपर्ने बताउदै आएको भएपनि आगामी दिनमा स्थानीयको समस्यालाई ध्यानमा राखेर सबैको पायक पर्ने ठाउँमा जग्गा ब्यवस्थापन गनुपर्ने बताए ।


वाड नम्बर १० का अध्यक्ष तिलक घर्ति मगरले कृषि कार्यक्रमलाई प्रभावकारी बनाउन सके मात्रै नगर समृद्धिको बाटोमा अगाडि बढ्ने बताए । उनले जनप्रतिनिधि प्रत्येक टोल टोलमा पुगेर मात्रै योजनाहरु समावेश गनुपर्ने बताए ।

वाड नम्बर ११ का अध्यक्ष डम्बर शिरिषले नगरपालिकाले लिने करलाई बैज्ञानिक बनाउनुपर्ने बताए । नगर सभामा गलकोट नगरकार्यपालिका सदस्य पदम कार्की, वाड नम्बर ५ का अध्यक्ष नारायध्वज मल्ल, वाड नम्बर ६ का वाड सदस्य भिमबहादुर विक, वाड नम्बर ७ का वाड सदस्य लोकबहादुृर थापा, वाड नम्बर ४ का अध्यक्ष बलबहादुर खत्री, वाड नम्बर ७ का वाड सदस्य मिनाकुमारी दर्जि लगायतले विभिन्न प्रस्ताव माथी आफ्नो मन्तब्य राखेका थिए ।

सभामा बोल्दै बक्ताहरुले नगरपालिकालाई समृद्ध बनाउनका लागी शिक्षा र स्वास्थमा बिशेष योजना बनाउनुपर्ने, नगरपालिकाको केन्द्र तत्काल टुङगाई जग्गा ब्यवस्थापन गनुपर्ने, नगरपालिकाले लिने करलाई बैज्ञानिक बनाउनुपर्ने, टुक्रे योजनालाई कम गनुपर्ने, कृषि क्षेत्रलाई प्रमुख योजनामा समावेश गनुपर्ने, मध्यपहाडी लोकमार्ग आसपासमा जग्गाको मापदण्ड कायम, फोहोर ब्यवस्थापन लगायतका बिषयमा आफनो भनाई प्रस्तुत गरेका थिए ।

नगरसभा गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung