१२ कार्तिक २०८३, बुधबार

 

तिन जिल्लाका कारागारको ब्यवस्थापनका लागि नयाँ कार्यको थालनी

- बागलुङ कारागारलाई महिला बन्दी गृहको रुपमा बिकास गरिने

बागलुङ्ग पर्वत र म्याग्दीका कारागारको ब्यवस्थान एबं क्षमता विस्तारका लागि नयां कार्यको सुरुआत भएको छ । बागलुङ्गका प्रमुख जिल्ला अधिकारी बेद प्रसाद खरेलको अध्यक्षतामा बागलुङ्ग पर्वत र म्याग्दी अन्तर जिल्ला समन्वय समितिको सोमबार बागलुङ्गमा बसेको बैठकले तिनवटै जिल्लाका महिला बन्दीलाई गाभेर बागलुङ्गमा महिला बन्दी गृह र म्याग्दी र पर्वत जिल्लामा पुरुष बन्दी गृह बनाउने निर्णय भएको छ । यो निर्णय गृहमन्त्रालय र कारागार बिभागमा पठाईने र अनुमति प्राप्त भएपछि कार्यान्वयन तर्फ लैजाने प्रमुख जिल्ला अधिकारी बेद प्रसाद खरेलले बताउनु भयो ।

बागलुङ्ग लाई महिला बन्दीगृहको रुपमा मात्र बिकास गर्दा ५० जना क्षेमताको निर्माण हुने प्रमुख जिल्ला अधिकारी खरेलको भनाई छ ।त्यसैगरी समितिको बैठकले म्याग्दी पर्वत र बागलुङ्ग हुदै बग्ने कालिगण्डकी नदी दोहनलाई न्युनिकरण गर्न र पुलहरु कलभर्ट बिद्युत प्रसारण स्टेशन नदी किनार मठ मन्दिरहरु धार्मिक तथा सांस्कृतिक महत्वका सम्पदा छेउछाउका बस्तीहरुको संरक्षणका लागि अन्तर जिल्ला समन्वय समितिले समन्वय र सहकार्य गर्दै जनताको ज्युधन सुरक्षाको लागि जिल्ला समन्वय समिति र स्थानिय तह संग समन्वय गरिने अन्तर जिल्ला समन्वय समितिले जनाएको छ ।

त्यसैगरी बागलुङ्ग पर्वत र म्याग्दी जिल्लाका सिमानामा सवारी साधनको चेकजाच गरी सडक अनुशासन कायम गर्ने सिमाना तथा नाका बाट अन्य जिल्ला बाट भित्रिन सक्ने लागु औषध कालिगण्डकीको शालग्राम लगायत पुरातात्वीक बस्तुहरुको ओसार पसार नदिमा करेन्ट तथा बिस्फोटक पदार्थद्धारा माछा मार्ने लगायतका गैरकानुनी कार्य रोकन तथा सिमाक्षेत्रमा हुने बिपद ब्यवस्थापनमा समेत सहकार्य गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय बागलुङ्गका सुचना अधिकारी धिरेन्द्रराज पन्तले जानकारी दिनुभयो ।

त्यसैगरी जिल्लाका बिचमा सुरक्षा चुनौतीहरु र ब्यवस्थापनका बिषयमा सुरक्षा ब्यवस्थापन र सेवा प्रवाहलाई पारदर्शी बनाउदै शुसासन कायम गर्ने गराउने लगायतका निर्णय भएका छन् । बैठकमा म्याग्दीका प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारी पर्वतका प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल अर्जुन बाण गण घोडाबाधेका प्रमुख सेनानी भुवनराज देबकोटा बागलुङ्गका प्रहरी प्रमुख दिपक रेग्मी म्याग्दीका प्रहरी प्रमुख विर बहादुर बुढा पर्वतका प्रहरी प्रमुख भुवनेश्वर तिवारी र बागलुङ्गका अनुसन्धान अधिकृत निर्मल पौडेल लगायतको संयुक्त बैठकले उक्त निर्णय गरेको सुचना अधिकारी धिरेन्दराज पन्तले जानकारी दिनुभयो ।

यसैबिच बागलुङ्ग पर्वत र म्याग्दीका प्रमुख जिल्ला अधिकारी र सुरक्षा संयन्त्रका प्रमुखहरुले संयुक्त रुपमा बागलुङ्ग कारागारको अनुगमन समेत गरेका छन् । अनुगमनका क्रममा कारागारको ब्यवस्थापन र अन्तर जिल्ला समन्वय समितिको बैठकका निर्णय बारे प्रमुख जिल्ला अधिकारी बेद प्रसाद खरेलले जानकारी गराउनुभएको थियो ।

सो अवसरमा कारागारका चौकिदार सुर्य नेपालीले क्षेमता भन्दा बढि कैदी बन्दी हुदा आवास र पानिको समस्या भएको बताउनु भएको थियो । हाल कारागारका ९५ जना पुरुष १४ जना महिला र एक जना नावालिका गरी १ सय १० जना कैदी बन्दी रहेको कारागारका जेलर मोहन पौडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung