२२ बैशाख २०८१, शनिबार

 

कांग्रेस सांसद सत्यजीतको गोली हानी हत्या

बीबीसी । कांग्रेसका सांसद् सत्यजीत विश्वासलाई गोली हानी हत्या गरिएको छ । सरस्वती पूजा कार्यक्रमको बीचमा पश्चिम बंगालमा तृणमूल कांग्रेसका विधायक (सांसद्) सत्यजीतको गोली हानी हत्या गरिएको हो ।

कार्यक्रमको क्रममा उनी मञ्चमा रहँदै गर्दा अज्ञात व्यक्तिले उनीमाथि गोली चलाएका हुन् । घटना भएको स्थानमा त्यसबेला सयजना भन्दा बढी मानिस थिए । जुन बन्दुकबाट सत्यजीत मारिएका थिए, त्यसलाई भने बरामद गरिएको छ ।

घटनास्थलमा प्रहरी अधिकारी र सीआईडी पुगिसकेको बताइएको छ । यसबीचमा टीएमसीले यस हमलाको आरोप बीजेपीमाथि लगाएको छ । टीएमसीका महासचिव पार्थो चटर्जीले यस हमलाको पछाडि बीजेपीको हात रहेको दाबी गरेका छन् ।

उता बीजेपीले भने यस घटनालाई टीएमसीभित्र चलिरहेको आन्तरिक द्वन्द्वको नतिजा बताएको छ । बीजेपीका प्रवक्ता सयंतन बासुले यो हमला टीएमसीको भित्री गुटहरु बीचको आपसी झगडाको नतिजा हुनसक्ने बताएका छन् । सत्यजीत विश्वास कृष्णगंज विधानसभाका विधायक थिए ।

प्रतिक्रिया दिनुहोस्