२१ बैशाख २०८१, शुक्रबार

 

भारतको रेल्वे ट्रयाकमा २ नेपाली युवतीको शव फेला

भारतको रक्सौल रेल्वे ट्रयाक (पटरी) मा दुई नेपाली किशोरीको शव फेला परेको छ । पर्साको कालिकामाई गाउँपालिकाको वडा नं २, भेडिहारी निवासी राजेश्वर साह कलवारकी १६ बर्षिया छोरी निभा कुमारी र वडा नं. ३, हरिहरपुरका हरिकिशोर चौरसियकाकी १७ बर्षिया छोरी किरण चौरसियाको कटेको अवस्थामा शव फेला परेको हो ।

रक्सौल-गौली रेल्वे खण्ड अन्तर्गत कंगना ढाला नजिकै रेलको लिकमा उनीहरूको शव फेला परेको भारतीय प्रहरीले जनाएको छ । एक जनाको दुवै खुट्टा काटिएका छन् भने अर्कीको टाउको नै काटिएको अवस्थामा शव भेटिएको छ ।

भारतीय प्रहरीले मृतक छात्राको खानलतासी गर्दा भेटिएको विद्यार्थी परिचयपत्रका आधारमा उनीहरु वीरगञ्जको पब्लिक कलेजका छात्रा भएको खुलेको हो । घटनाको थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्