
गलकोट । गलकोट नगरपालिका – ६ चरौदी जामुनडाँडाको एक घरमा चट्याङ परेकाे छ । बुधबार राति अविरल वर्षासँगै परेकाे चट्याङले २ लाख बराबरको क्षति गराएकाे छ । गलकोट नगरपालिका – ६ चरौदी जामुनडाँडाका कोपिला खत्रीको घरमा माथिल्लो तलाबाट चट्याङ पर्दा उनको घरमा क्षति भएको हो । बुधबार करिब ११ः ३० बजेको समयमा घरमा सुतिरहेको बेलामा एक्कासी चट्याङ पर्दा खत्रीकी बुहारी संगिता खत्री घाइते भएकी छिन् । खत्रीको घरको माथिल्लो तलाको केही भाग भत्किएको छ भने माथिल्लो तलामा रहेको मिटरबक्स पुर्ण रुपमा क्षति भएको छ ।
त्यस्तै चट्याङले खत्रीको घरको तल्लो तलामा रहेको टिभि, दराज,लत्ताकपडा, हिलटेकसँगै तल्लो तलामा लगाइएको कठबार भत्कादा करिब २ लाख बराबरको क्षति भएको गलकोट नगरपालिका वडा नं ६ का वडा अध्यक्ष नर बहादुर खत्री दिए । चट्याङको कारणले गलकोट नगरपालिका– ६ जामुनडाडाँका सम्मरबहादुर खत्रीको घर चर्किएको छ । त्यस्तै तिलक नेपाली, तिलबहादुर नेपाली, विरु नेपालीको टिभि मिटरबक्समा क्षति पुगेको स्थानिय जितबहादुर गोतामेले जानकारी दिए ।
चट्याङ परेसँगै गलकोट नगरपालिका –६ जामुनडाँडाको विद्युत्त सेवासमेत अवरुद्ध भएको छ । चट्टयानले पु¥याएको क्षतिको गलकोट नगरापालिका – ६ का वडा अध्यक्ष नरबहादुर खत्री, वडा सदस्य, प्रहरी चौकी र पत्रकारको टोलीले स्थलगत अवलोकन गरि मुचुल्का तयार पारिएको छ ।