
काठमाडौं । टीकापुर घटनाकाबारे अदालतको फैसला पछि राष्ट्रिय जनता पार्टी (राजपा)को आकस्मिक बैठक बस्दै छ । बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिने वा आन्दोलनका कार्यक्रम घोषणा गर्ने विषयमा छलफल हुने अनुमान गरिएकाे छ । अदालतले बुधबार राजपा सांसद रेशम चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला सुनाएपछि अाधिकारिक धारणा ल्याउन बैठक बस्न लागेकाे हाे ।
थरुहट आन्दोलनका क्रममा ७ भदौ २०७२ मा टीकापुरमा भएको प्रदर्शनका क्रममा नेपाल प्रहरीका तत्कालिन एसएसपीसहित ८ सुरक्षाकर्मी र एक नाबालकको हत्या भएको थियो ।