११ कार्तिक २०८३, मंगलवार

 

पर्वतमा ८ महिनामा १ सय ३७ मुद्दा

पर्वत । जिल्लाको शान्ति सुरक्षाको अवस्था प्रहरीको निगरानीमा रहेपनि हिंसाका उजुरीमा बृद्धि हुने क्रम जारी छ । जिल्ला प्रहरी कार्यालय पर्वतमा आठ महिनामा १ सय ३७ मुद्धा दर्ता भएका छन् ।

घरेलु हिंसा, बलत्कार, चोरी, डकैती, लागुऔषध, मदिरा, जुवातास, आत्माहत्या , ज्यान मार्ने कसुर लगायतका मुद्धाहरु बढि रहेको डिएसपी भुवनेश्वर तिवारीले बताए ।

प्रहरीले गत कार्तिक देखि प्रहरी समुदाय साझेदारी कार्यक्रम सञ्चालन गरेपछि मुद्धा बृद्धि भएका छन्बर । मानिसहरुको चेतना स्सतरमा परिवर्तन अाएकाे छ । आर्थिक वर्ष ०७४/०७५ मा १ सय ४७ दर्ता भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । सबैभन्दा बढि मुद्दा सार्वजनिक अपराधका रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung