२२ असार २०८२, आईतवार

 

प्रम ओली आँधीबेहेरी प्रभावित क्षेत्रको स्थलगत भ्रमणमा,साँझ मन्त्री मण्डलको बैठक बस्ने संभावना

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओली आँधी बेहेरी प्रभावित बारा, पर्सा जिल्लाको स्थलगत अवलोकन भ्रमणमा पुगेका छन्। प्रधानमन्त्री ओली स्थलगत भ्रमणबाट काठमाडौं फर्किए पश्चात मन्त्री मण्डलको बैठक बस्ने संभावना रहेको गृह मन्त्रालयले जानकारी गराएकाे छ ।

मन्त्रालयका प्रबक्ता रामकृष्ण सुवेदीले प्रधानमन्त्री सहितको टिम स्थलगत अवलोकन भ्रमणमा रहेको जानकारी गराउदैं केन्द्र सरकारले पिडीत परिवारलाई गर्ने सहयोग प्रधानमन्त्री काठमाडौं फिर्ती भएपछि मन्त्री मण्डलको बैठक बस्न सक्ने आकंलन गर्दैं त्यसपछि तय हुने बताए । उनले भने ‘प्रधानमन्त्री काठमाडौं स्थलगत अवलोकनबाट फर्किएपछि मन्त्रीमण्डलको बैठक बस्ने संभावना छ ।’भीषण हावाहुरीका कारण बारा र पर्सामा गरी २७ जनाको मृत्यु भएको छ। बारामा २६ जनाको ज्यान गएको गृह मन्त्रालयले जानकारी गराएकाे छ । पाँच सयभन्दा बढी घाइते भएका छन्।

प्रधानमन्त्री ओलीका प्रेस संयोजक अधिकारीका अनुसार सोमबार प्रधानमन्त्री ओली झापाका विभिन्न कार्यक्रममा सहभागी हुने कार्यतालिका थियो। तर आइतबार साँझ आँधी बेहेरीका कारण झापाबाट बारा र पर्साको प्रभावित क्षेत्र स्थलगत अवलोकनका लागि प्रधानमन्त्री पूर्वनिर्धारित सबै कार्यक्रम स्थगित गरेर त्यस तर्फ लागेका छन् । प्रधानमन्त्री साँझ राजधानी फर्किए पछि बस्ने  बकैठकले मृतक र क्षतिका बारेमा राहत केन्द्र सरकारले के कति राहत उपलब्ध गराउने भन्ने बारेमा निणर्य गर्ने बताए। प्रदेश सरकारले मृतक परिवालाई ३/३ लाख रुपैयाँ राहत उपलब्ध गराएपनि केन्द्रले कति गराउने भन्ने बारे मन्त्री मण्लडको बैठकले तय गर्ने उनले बताए । उनले प्रभावित जिल्लाका सिडिओहरुसँग निरन्तर सम्पर्कमा रही क्षतिको विबरण संकलन गरिरहेको जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung