११ कार्तिक २०८३, मंगलवार

 

पुल मुनि वेवारिसे शव, हत्याको आशंका

काठमाडौं । स्युचाटार खोलाको पुलमुनि वेवारिसे शव फेला परेको छ। काठमाडौं महानगरपालिका १४ वाफलस्थित स्युचाटार खोलाको पुलमुनि वेवारिसे शव फेला परेको प्रहरीले बताएको छ।

अन्दाजी ३० वर्षको एक युवकको शव फेला परेको महानगरीय प्रहरी परिसरका प्रवक्ता होवीन्द्र बोगटीले बताए। पेट र घाँटीमा धारिलो हतियारबाट ती युवकको मृत्यु भएको प्रहरीले आशंका गरेको छ।

प्रहरीका अनुसार मानसिक सन्तुलन बिग्रेको व्यक्ति भएको हुन सक्ने स्थानीयको भनाइलाई उद्धृत गर्दै प्रहरीले बताएको छ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung