८ जेष्ठ २०८१, मंगलवार

 

विशेष महाधिवेशन बोलाए, फेस गर्न तयार छु : सभापति देउवा

मोरङ । बिहीबार मात्र मोरङ पुगेका सभापति शेर बहादुर देउवाले केही जिल्लाका सभापति असन्तुष्ट हुँदैमा आफूलाई केही फरक नपर्ने अभिब्यक्ति दिएका छन् । नेपाली कांग्रेस ५० भन्दा धेरै जिल्लाका सभापति राजधानीमा उपस्थित भएर पार्टीमा दीर्घकालिन असर पर्ने बिषयमा छलफल चलाईरहदा सभापति शेरबहादुर देउवा भने मोफसलका जिल्लाको दौडाहामा छन् ।

यसअघि पर्वत, मुस्ताङ, दाङ र कपिलवस्तु पुगेर फर्किएका सभापति देउवा बिहिबार विराटनगर पुगेका छन् । विराटनगर विमानस्थलमा संचारकर्मीहरुसंग कुरा गर्दै उनले केही जिल्ला सभापतिहरूले विशेष महाधिवेशन बोलाउँछु भन्दैमा केही फरक नपर्ने बताए । वर्तमान समयमा पार्टीले विशेष महाधिवेशन नबोलाउने जानकारी गराउदै आएका सभापति देउवाले जिल्ला सभापतिहरूले प्रक्रिया सम्वत तरिकाले विशेष महाधिवेशन बोलाए आफू फेस गर्न तयार रहेको बताए। उनले बाहिर हल्ला भएजति सभापतिहरू विशेष महाधिवेशन बोलाउने पक्षमा नभएको जिकिर गरे ।

महाधिवेशन आउन लागेकाले आफ्नो विरोध चर्किनु स्वाभाविक भएको उनको बुझाइ छ । संवैधानिक निकायको नियुक्तिमा सत्तापक्षले एकलौटी गरेको आरोप लगाउँदै उनले यसको विरोधमा कांग्रेस आन्दोलनको पक्षमा रहेको बताए । संवैधानिक परिषदमा आफूले उपस्थित हुन नसक्ने पत्र पठाएको भएपनि सोही दिन बैठक बसेर संवैधानिक निकायमा नियुक्ति दिएको घटना प्रति उनले सरकार प्रति असन्तुष्टी जनाए । सरकारले एक पछि अर्काै निणर्य गर्दै प्रतिपक्षीको संबैधानिक भुमिकालाई समेत संकुचित बनाउदै आएको छ । यस्तो रवैयाले लोकतन्त्र सवल र सदृढ नहुने देउवाको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्