काठमाडौं । प्रत्येक वर्ष चैत कृष्ण औँसीका दिन बालबालिकालाई भूत, प्रेत, पिशाचलगायत नकारात्मक तत्वले दुःख नदियोस् भनी मनाइने घोडेजात्रा आज उपत्यकामा मनाइँएको छ । परापूर्वकालमा काठमाडौँ उपत्यकामा बालबालिकालाई भूत, प्रेत, पिशाच नामका ‘कु’ तत्वले दुःख दिने गर्थे । यी तत्वले बालबालिकालाई दुःख नदिऊन् भनी चतुर्दशीका दिन यी तत्वलाई केही मनपर्ने कुरा दिएर बुझाइने भएकाले औँसीको अघिल्लो दिनलाई पिशाच चतुर्दशी भनिएको हो । यसै अवसरमा सैनिक मञ्च टुँडिखेलमा विभिन्न कार्यक्रमको आयोजना गरि घोडे जात्रा मनाइँएको छ ।

कार्यक्रममा टाँगन घोडा दौड– डग ‘शो’ नेपाली सेनाको चार्जर घोडा दौड, साइकल रेश, शो जम्प, क्याभल्री ड्रिल राईड लगायतका प्रदर्शन नेपाली सेनाले देखाएका थिए । 
सो अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री, केपी ओली, मन्त्रीहरु तथा विभिन्न देशका राजदूत, प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।





















































































































































































































