११ कार्तिक २०८३, मंगलवार

 

श्रीमती मृत फेला, श्रीमानसहित घरका सबै सदस्य फरार

सर्लाही । जिल्लाको बसबरीया गाउँपालिका–६, मनटोलमा आज एक महिला आफ्नै घरमा मृत भेटिएकी छिन् । स्थानीय सुरेन्द्र मुखियाकी श्रीमती २२ वर्षीया सागरदेवी मुखिया आफ्नै घरमा मृत फेला परेकी हुन् ।

घटनापछि मृतक महिलाका श्रीमानसहित घरका सबै सदस्य फरार भएका छन् । सागरदेवीले आफूलाई श्रीमान्बाट पटकपटक कुटपिट गर्ने गरेको भन्दै केही समयअघि प्रहरीमा उजुरीसमेत दिएकी थिइन् ।

मृतक महिलाको घाँटीमा निलडाम देखिएको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । सागरदेवीको शव परीक्षणका लागि सर्लाही अस्पताल मलङ्गवा ल्याइएको र घरका सदस्यको खोजी भइरहेको सर्लाही प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung