१३ कार्तिक २०८३, बिहीबार

 

सीमा विवाद : कोदालोको बींड प्रहार गरी हत्या

भीमदत्तनगर । जमीनको सीमा विवाद हुँदा कञ्चनपुर लालझाँडी गाउँपालिका–१ का ५० वर्षीया बासमती रानाको हत्या भएको छ । सोमबार स्थानीयवासी २५ वर्षीय निरज रानाले बासमतीको टाउकोमा कोदालोको बींड प्रहार गरी हत्या गरेको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले जनाएको छ ।

प्रहरीले घटनाका अभियुक्त रानालाई पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाउँदै शव परीक्षणपछि आफन्तको जिम्मा लगाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung