बुटवल । बुटवलको आम्दा अस्पतालका डाक्टरको लापबाहीले एक बालकको ज्यान गएको भन्दै अस्पतालमा तनाव उत्पन्न भएको छ । सोमबार साझ बालकको मृत्यु भएपछि आफन्तले आन्दोलनमा उत्रेका हुन् ।
सोमवार साँझ ७ बजेको समयमा वुटवल स्थित शिद्धार्थ महिला तथा बाल अस्पपात (आम्दामा) बुटवल–११ सुख्खानगरका नारायण दर्लामीका १० महिनाका छोरा ओम दर्लामीको उपचार गर्न लैजाँदा मृत्यु भएको थियो । बालकका अभिभावकले डाक्टरको लार्पवाहीबाट छोराको ज्यान गएको आरोप लगाउँदै क्षतिपुर्तिको माग गर्दै अस्पताल परिसरमा तनाव उत्पन्न गरेका छन ।



















































































































































































































