
काठमाडौं । ललितपुर महानगरपालिकाले बैशाख ३० गते सार्वजनिक बिदा दिने भएको छ। मेयर चिरिबाबु महर्जनले सोमबार पत्रकार सम्मेलन गर्दै शताब्दी पुरुष सत्यमोहन जोशीको सम्मानका लागि महानगरपालिका अन्र्तगतका सम्पुर्ण कार्यालयहरुमा सार्वजनिक बिदाको दिने निर्णय भएको जानकारी गराएका हुन्।
जोशी यहि बैशाख ३० गते ९९ वर्ष पुरा गर्दै १०० वर्ष पुग्दैछन्। यही अवसरमा बैशाख ३० गतेसम्म सय वर्ष पुग्न लागेका सम्पुर्ण ज्येष्ठ नागरिकहरुलाई महानगरले सम्मान गर्ने भएको छ। यसैका लागि नगरभित्रका २९ वटै वडाहरुबाट तथ्यांक संकलन गर्ने काम अगाडि बढिरहेको मेयरले बताए।