
काठमाडौं । प्रधानमन्त्री नरेन्द्र दामोदर मोदी दोस्रो पटक उमेद्धवार बनेकाे वाराणासीमा कांग्रेसले उनका विरुद्ध उमेद्धवार बनाएका अजय रायकाे पक्षमा मतदानको तिथी नजिकिदै गर्दा आफ्नो शक्ति प्रर्दशन सहित बुधबार ‘रोड शो’ गरेर मत माग्न जुटेकाे छ । भारतको निर्वाचनको परिणाम २३ अप्रिलसँगै सत्ताको बागडोर कसले सम्हाल्ने भन्ने फैसला हुनेछ ।
सातौ चरणको अन्तिम निर्वाचन हुन बाँकी क्षेत्र मध्येको एक हो, वाराणासी । मे १९ मा त्यसक्षेत्रमा हुने निर्वाचनका लागि उक्त रोड शो गरिदैछ । उक्त रोड शोका लागि कांग्रेस महासचिव प्रियंका गान्धी वाराणासी पुगेकी छन् । त्यसो त यसअघि आफ्नो मनोनयन दर्ता गराउने क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीले पनि वाराणासीमा गत अप्रिल २५ तारिखका दिन भव्य रोड शो प्रर्दशन गरिसेकेका छन् ।
कांग्रेस महासचिव एवं पूर्वी यूपी ईन्चार्ज समेत रहेकी प्रियंका गांधी वाड्रा बुधवार नै वाराणासी पुगेको स्थानीयले जानकारी गराएका छन् । अजय राय यसअघि पनि प्रधानमन्त्रीसँग कांग्रेसका तर्फबाट प्रतिष्पर्धी उमेद्धवार हुन् । त्यसअघि भाजपाका तर्फबाट २ पटक निर्वाचित विधायक समेत हुन् । यस पटक फेरी कांग्रेसले अन्तिम चरणमा रायलाई उमेद्धवार बनाएको छ । रायको तय नहुदासम्म यसक्षेत्रबाट महासचिव प्रियंका स्वयँम उमेद्धवार बन्ने चर्चा चलेपनि अन्तिम समयमा कांग्रेसले रायलाई उमेद्धवार बनाएको हो ।
अघिल्लो पटक प्रधानमन्त्री मोदीसँग दिल्लीका वर्तमान मुख्यमन्त्री तथा आम आदमी पार्टीका संयोजक अरविन्द केजरीवाल मुख्य प्रतिष्पर्धी थिए । त्यसले गर्दापनि बनारसको निर्वाचन चर्चामा रहेको थियो । मोदी पनि त्यस बेलासम्म गुजरातका मुख्यमन्त्री मात्र थिए । तर यसपटक भने मोदीको मुख्य प्रतिष्पर्धी नरहेको चर्चा चलिरहेका बेला कांग्रेसले अन्तिम चरणको निर्वाचनको पूर्व सन्ध्यामा उनै मोदीको क्षेत्रमा रोड शो गरेर शक्ति प्रर्दशन गरिरहेको छ । स्थानीइ बासिन्दाका अनुसार नतिजा जे सुकै आओस तर हामी तिम्रा प्रतिष्पर्धी छौं भन्न कांग्रेसले यो रोड शो गरेको हो । मई १९का दिन अर्थात आजको ४ दिनपछि मतदान हुदैछ ।
कांग्रेसले गर्ने रोड शो यसअघि मोदीले गरेको स्थान र मार्गमा शुरु छ । बनारस हिन्दु विश्वविद्यालयको गेटबाट शुरु हुनेछ । जसरी यसअघि मोदीले गरेका थिए त्यसरी नै कांग्रेसले पनि गरिरहेको स्थानिय भैयालाल यादवले बताए । उनले भने ‘मतदातालाई हामी पनि मोदी भन्दा कम छैनौं, भन्ने सन्देश दिन उनले अपनाएको मार्ग र शैली अपनाइएको छ ।’ जसरी मोदीले बनारस हिन्दु विश्वविद्यालयको गेटमा रहेको विश्विद्यालयका संस्थापक मदनमोहन मालवीयको प्रतिमामा माल्यार्पण गरेका थिए ।, कांग्रेस महासचिव प्रियंकाले पनि त्यसरी नै गर्नै भएकी छन् । अन्त्य पनि मोदीले जहाँ पुगेर गरेका थिए अर्थात दशाश्वमेधघाट पुगेर । साँझको नित्य आरतीसँगै अन्त्य गरिने कार्यक्रम छ ।
त्यस अवसरमा महासचिव प्रियंकाले विश्वनाथ मन्दिर र वाराणासीको प्रसिद्ध काल भैरवको मन्दिरमा पुगेर पुजाआजा गर्नै कार्यक्रम छ । नरेन्द्र मोदीको क्षेत्रमा प्रत्याशीहरुमा कांग्रेसका तर्फबाट अजय राय, समाजवादी पार्टीबाट शालिनी यादव छन् ।
सातौ चरणको अन्तिम दिन ८ राज्यका ५९ निर्वाचन क्षेत्रमा मतदान हुनेछ । बिहारका ८, झरखंड ३ मध्य प्रदेश ८ पंजाब १३ पश्चिम बंगाल ९ , चंडीगढ़ १, उत्तर प्रदेश १४ र हिमाचल प्रदेश ४ निर्वाचन क्षेत्रमा मतदान हुनेछ । अंतिम चंरण नेपालसँगको सिमाना जोडिएको उत्तर प्रदेशका सिमानाकाे महाराजगंज(नेपालकाे कपिलवस्तु जिल्ला िसमा ),गोरखपुर, कुशीनगर, देवरिया, वाराणसी, बलिया, मिर्जापुर लगायतका क्षेत्रमा मतदान हुने भएको छ ।
(बनारसबाट रोहित शर्माको सहयोगमा)