११ कार्तिक २०८३, मंगलवार

 

दुर्घटनाका गम्भीर घाइते बालकलाई हेलिकप्टरमार्फत पोखरा लगियो

बागलुङ ।  मध्यपहाडी लोकमार्ग अन्तर्गत बडिगाड गाउँपालिका–६, ठूलावेसीमा मोटरसाइकलले ठक्करदिँदा एक बालक गम्भिर घाइते भएका छन् । सोही गाउँपालिका वडा नं. ६ घ्वाँगका १३ वर्षीय अमृत थापालाई लु ३१ प ३६०९ नम्बरकोे मोटरसाइकलले ठक्कर दिएको थियो।

घाइते थापाको अवस्था गम्भिर भएकोले हेलिकप्टरमार्फत पोखराको मनिपाल शिक्षण अस्पतालमा लगिएको छ। घाइते बालक अचेत रहेको र सिसियुमा राखेर उपचार चलिरहेको बिरामीसँगै रहेका वडा अध्यक्ष मौसमकाजि क्षेत्रीले जानकारी दिए ।

मोटरसाइकल चालक बडिगाड गाउँपालिका ५ का शिखर गिरीलाई नियन्त्रणमा लिई अनुसन्धान शुरु गरिएको खार प्रहरीचौकीले जानकारी दिएको छ । विपरित दिशाबाट आइरहेको जिपलाई साइड दिने क्रममा बालकलाई ठिक्कर दिएको प्रत्यक्षदर्शीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung