२६ असार २०८२, बिहीबार

 

बौद्ध कथा वाचन प्रतियोगितामा शाक्य प्रथम

बागलुड । बुृद्ध जयन्तीको उपलक्ष्यमा ज्ञानोदय बुद्ध विहार बागलुडले आयोजन गरेको बौद्ध कथा वाचन प्रतियोगितामा प्राणेश्वरी शाक्य प्रथम भएकी छिन । त्यसै गरी हिमाली बज्राचार्र्य द्धितीय र रत्न देवी बज्राचार्य र मिना बास्कोटा तृतीय भएकी छिन ।

बुद्ध जयन्तीको अवसरमा आयोजित शान्ति दौड प्रतियोगितामा धौलागिरि बहिरा आवासिय माविको निराजन सुवेदी प्रथम , धौलागिरि बहिरा आवासिय माविको किशोर थापा द्धितीय र अमर आदर्श माविको कमल थापा तृतीय भएको छ ।

महिला शान्ति दौड तर्र्फ कालिगण्डकी बोर्डिडकी सोनिया क्षेत्री प्रथम , अमर आदर्श माविकी ज्ञानु केसी द्धितीय र अमर आदर्श माविकी साहना थापा तृतीय भएकी थिइन ।

दौड प्रतियोगिताको पुरस्कारको प्रायोजन समाजसेवी तथा व्यवसायी राजन शाक्यले आफनो छोरा रोजन शाक्यको स्मृतिमा गरेका थिए । कार्यंक्रमको अध्यक्षता ज्ञानोदय बुद्ध विहार बागलुडको अध्यक्ष विकाश कुमार शाक्य र संचालन सचिव भिमसेन शाक्यले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung