२९ असार २०८२, आईतवार

 

आक्रमक प्रचार र प्रतिवद्धता भाजपाको निर्वाचन रणनीति

- बहुमतका साथ विजय भयो भाजपा, प्रम माेदीप्रति जनताकाे विश्वास

भारतमा समपन्न निर्वाचनमा भारतीय जनता पार्टीलाई बहुमत प्राप्त भएको छ । निर्वाचन अघि नै मत सर्वेक्षणहरुले भाजपालाई सत्ता प्राप्त हुने अनुमान पेश गर्दै आएका थिए । अन्तत: मतपरिणामसँगै सर्वेक्षणले दिएको पूर्वअनुमान यर्थाथमा परिणत भएको छ ।
भाजपाको बहुमतसँगै प्रधानमन्त्री फेरी भारतको प्रधानमन्त्री बन्ने भएका छन् । भारतको इतिहासमा जवाहरलाल नेहरु, इन्दिरा गान्धी पश्चात दोस्रो पटक निरन्तर निर्वाचनमा बहुमत ल्याएर प्रधानमन्त्री हुने अवसर नरेन्द्र मोदीलाई प्राप्त भएको छ ।

त्यसले गर्दा एकाएक उनको चर्चा चुलिएको छ । त्यसो त उनीसँग विकासको नारा र कार्यशैलीको अनुभव छ । उनले नजित्दा भारतमा जिम्मेवार नेतृत्व आउन सक्ने संभावना पनि थिएन् । उनले उठाएका मुद्दाले उनलाई साथ दियो । मतदाताले एक पटकलाई फेरी उनलाई विश्वास गरेका छन् । भारतको इतिहासमा यतिधेरै सिट ल्याएर सत्तामा विराजमान हुने अवसर भाजपालाई किन भयो त ? जिज्ञासा पनि उठेका छन् । त्यसको उत्तरमा उनले गरेका काम र उठाएका मुद्दालाइ मतदाताले साथ दिएका छन् । सन् २०२४ सम्मका लागि माेदी नै प्रधानमन्त्री भनेर भाजपाले यस पटक पनि प्रम माेदीका नाममा मत माग्ने रणानीति बनायाे । आखिर भाजपाले मत माग्ने मुद्दा र सवाला के के थिए  ?

१. राष्ट्रवाद

भाजपाले राष्ट्रवादका नाममा मतदातासँग मत माग्यो । साथै उक्त पार्टीको इतिहास नै राष्ट्रवादको एजेण्डामा आधारित छ । निर्वाचन र्‍यालीहरुमा समेत राष्ट्रवादलाई नारा बनाएर भाषण गरिए । निर्वाचनको पूर्वसन्ध्यामा पाकिस्तानी आतंकवादीहरुले भारतमा आक्रमण गरिएको भनेर जवाफमा हमला गरियो । त्यसलाई पनि भाजपाले निर्वाचनमुखी एजेण्डा बनायो । जनताको मास साइक्लोजीलाई ध्यान दिदैं पाकिस्तान विरुद्धको लडाइको वार की पारको भनेर निर्वाचनमा एजेण्डा बनाएर भाजपा मतदाता समक्ष गयो । पाकिस्तान विरुद्ध सधैं आक्रमक रहेका बहुसंख्यक मतदातालाई उनले दिएको नारा र एजेण्डाले मन छाेयाे । अन्तत: जनताले भाजपालाइ मतदान गरे बहुमतका साथ विजयी गराए ।

२. राष्ट्रिय सुरक्षा

राष्ट्र्को सुरक्षाको सवाल बनाएर मतदाता समक्ष मत मागियो । राष्ट्रिय सुरक्षाको सवालमा आन्तरिक र बाह्य रुपमा खतरा छ, त्यसलाई निस्तेज तुल्याउन पनि मोदी नेतृत्वको सरकार आवश्यक छ, भनेर प्रचार गरियो । एकातिर नक्सालवाद र अर्काेतिर पाकिस्तानी आतंकवादको खतरा रहेको अभिव्यक्ति दिएर मतदाता समक्ष मत मागियो । हिंसाको मार्ग वा शान्ति र विकास भनेर छनोटको जिम्मेवारी तपाइहरुलाई नै भनेर जनताको मतादेशलाई फैसला भनेर प्रचार गरियो । जनताले यो नारापनि विश्वास गरे अन्तत: भाजपालाई मतदान गरेर बहुमत नै दिलाइ दिए ।

३. आतंकवाद

आतंकवादका नाममा पाकिस्तानी पक्षबाट हमला भईरहेको इतिहासलाई पुर्नताजगी गर्दै जनता समक्ष मत मागियो । किनकी मत प्राप्त भए मात्र आंतकवादसँग लड्न सरकार सक्षम हुनेछ भनियो । जनताले त्यसलाई पनि विश्वास गरे । शान्तिमा विश्वास गर्ने मतदाताले उनीहरुको बोलीमा विश्वास गरे । पछिल्लोपटक पाकिस्तान माथिको आक्रमणलाई समेत जोडेर आतंकवाद विरुद्ध लड्न भाजपा सरकार सधैं तैयार छ, भन्ने सन्देश समेत प्रवाह गरियो । त्यसले पनि मतदातालाई भाजपालाई मतदान गर्नुपर्छ भन्ने विश्वास जगायो । भाजपालाई आतंकवादका विरुद्ध लड्न सक्ने शक्तिका रुपमा मत दिए ।

४. हिंदुत्व

हिंदुत्वलाई जोडतोडले उठाउदै अरु पार्टीभन्दा अग्रपंक्तिमा रहेर त्यसको संरक्षणका लागि काम गर्ने पार्टी भनेर प्रचार–प्रसार समेत गरियो । राम मन्दिर निर्माणको सवाललाई नारा बनाएर हिन्दुत्व संरक्षण गर्न पनि यस पटक भाजपालाई मत दिनुहोस् भनेर अपील गरियो । यस अवधीमा स्वंयम प्रम मोदी ४ पटक विश्वनाथ मन्दिरमा दर्शन गर्न पुगे, गंगा सफाइ अभियान चलाए, निर्वाचनको अघिल्लो दिन समेत केदारनाथ पुगेर ध्यान मुद्रामा आफुलाई प्रस्तुत गर्न उनी सफल रहे । धर्मको नाममा प्रातडित बहुसंख्यक भारतीय हिन्दु धर्मावल्मवीले उनलाई मोदी र भाजपालाई सच्चा पहरेदार संझिए । हिन्दुत्वका सवालमा अन्य पार्टी भन्दा अग्र पंक्तिमा रहेको भाजपालाई जनताको विश्वास जाग्यो । अन्तत: मत पनि दिए ।

५. स्वच्छता अभियान

स्वच्छता अभियानलाई पनि निर्वाचनमा जोडियो । अरुले सामान्य ठानेको यो अभियानलाई उनी सरकारमा आएपछि भारतका गाउँ र शहरका नदीनाला सफाइ अभियान चलाएर रचनात्मक कामका रुपमा आफुलाई प्रस्तुत गर्दै आएका प्रम मोदीले उक्त मुद्धालाई चुनावी नारा बनाए । उक्त अभिायानलाई स्वतन्त्रता अभियानमा महात्मा गान्धीले समतामुलक समाज निर्माणका लागि काम गर्दै आएको भएपनि भारतमा त्यसपछि बनेका सरकारले खासै महत्व दिएका थिएनन् । तर मोदी प्रधानमन्त्री बनेपछि त्यसलाई कार्यान्वयनमा ल्याउदै निर्वाचनमा नारा नै बनाए । आफ्ना भाषणमा आफुले गरेका कामको सुचीमा त्यस अभियानलाई पनि जोडेर प्रचारप्रसार गरे ।

साथै देशभर शौचालय निर्माण अभियान चलाएको जानकारी गराए । तथ्यांक प्रस्तुत गरेर पहिलो कार्यकालमा लाखौं शौचालय बनाएको र बाँकी यसपटको जित भएका पूरा हुनेछ भन्ने प्रतिवद्धता जनाए । सामान्य र निम्न आय भएका परिवारले घरघरमा शौचालय बन्ने सपना साचेर पनि मत दिए ।

६. आयुष्मान भारत योजना

भाजपा सरकार बनेसँगै पहिलो पटक प्रम नरेन्द्र मोदीले आयुष्मान भारत योजना शुरु गरेर विश्वको सबैभन्दा ठुलो स्वास्थ्य सुरक्षा योजनाका रुपमा काम गरेको भनेर प्रचार गरिरहे । निर्वाचनमा समेत उक्त कार्यक्रमलाई उठाइ रहे । लाभन्वितहरुलाई निर्वाचनका आमसभा र र्‍यालीमा अगाडी राखेर सम्बोधन गरिरहे । जन आरोयोग्य योजना झारखंडबाट शुरु गरेका प्रम मोदीले त्यो योजना देशभरका गरिब किसान र सबै भारतवासीका लागि भएको बताए । आयुष्मान भारत योजना भारतमा यस्तो पहिलो योजना हो, भनेर प्रचार गरियो जसले भारतका ५० करोड भन्दा धेरै जनता लाभन्वित भएका छन् । उक्त योजना अन्तर्गत ५ लाख रुपैयाँ बीमा योजना बनाएर कार्यान्वयनमा ल्याएको जानकारी गराइ रहे । कामलाई अघि सारेर बाँकी अवधी त्यसैको कार्यान्वयनमा विताउने उद्घोष समेत गरे । त्यसले पनि भाजपाका पक्षमा मतदान गर्न लालयित गर्‍यो ।

७. उज्ज्वला योजना

भारतमा पहिलो पटक मोदी प्रम भएपछि यो योजना शुरु गरिएको थियो । यो योजनाले गरिब निम्न वर्गिय परिवारलाई निःशुल्क खाना पकाउने ग्यास वितरण गरिएको छ । त्यसले महिला स्वास्थ्यमा केही सकारात्मक सुधार आएको तथ्यांक प्रस्तुत गरियो । दिनभरको ज्याला मजदुरी पछि साँझ आगोको जोहो गरेर खाना पकाउनु पर्ने निम्न वर्गिय परिवारले उनको त्यो योजनालाई वरदान संझिए । त्यही कुरालाई निर्वाचनमा उठाइ रहे । निम्तवर्गिय परिवारले उक्त योजनाबाट पाएको सहुलियत स्मरण गरे अन्तत: मत पनि दिए ।

८. भ्रष्टाचार

भाजपाका लागि नरेन्द्र मोदी त्यस्ता शासक थिए जसले गुजरातमा १४ वर्ष मुख्यमन्त्री बनेर शासन सत्ताको अनुभव संगालेर केन्द्रको नेतृत्व लिन आएका थिए । त्यसले गर्दा शासन सत्तामा समस्या कहाँ छ, भन्ने राम्रोसँग जानकारी थियो । समस्या भ्रष्ट्राचार हो, भन्ने एकिन गरे । त्यसका विरुद्ध आफ्ना तर्फबाट अभियान चलाए ।

नोटवन्दीलाई भ्रष्ट्राचारसँग जोडर प्रचार गरे । साथै जिएसटीलाई पनि भ्रष्ट्राचारसँग जोडेर प्रचार गरे सामान्य परिवारका जनताले उनको त्यो नारालाई विश्वास गरे । आफैमा मोदी भ्रष्ट्राचारसँग तटस्थ व्यक्ति थिए । म भ्रष्ट्रचार पनि गर्दिन र गर्न पनि दिनेछैन् भन्ने उद्घोष गरिरहे । निर्वाचनका धाषण र्‍यालीमा उक्त सवाल जोडतोडका साथ उठाइ रहे ।

यतिसम्मकी निधन भएका राजीव गान्धीलाई सबैभन्दा भ्रष्ट्राचारी प्रमको आरोप लगाएर विपक्ष कांग्रेसलाई भ्रष्ट्रचारको संरक्षक बनाएर जनता सामु आफ्नो स्वच्छ छवि प्रचार गरे । त्यसलाई पनि जनताले अनुमोदन गरिदिए र निर्वाचनमा मत दिए । आफुलाई जनताको चौकिदार बनाएर ‘म चौकिदार नै हूँ ।’ भनेर निर्वाचनमा उल्टो अस्त्र बनाएर विपक्षी कांग्रेसले लगाएको चौकिदार चोर हैं, भन्ने नारालाई आफ्ना पक्षमा पार्न मोदी सफल बने ।

९. महामिलावटी नेता

प्रम मोदीले विकास र सुशासनको काम गर्ने भाजपा सरकारलाई हटाउन मिल्नै नसक्ने गुण भएका पार्टीहौ एक भएका छन् । त्यसले देशलाई राम्रो गर्ला? भनेर प्रश्न गर्दै उनीहरुको एकतालाई महामिलावटी नेताका रूपमा संज्ञा दिए । पटक पटक उक्त शब्द उच्चारण गरिरहे । उनीहरुलाई जे भनेर हुन्छ, प्रहार गरिरहे । भ्रष्ट्राचार र वंशवाद विरुद्ध आफुले काम गरेको र गर्नै प्रतिवद्धता जनाए । त्यसैले कांग्रेसको नेतृत्वमा यो महागवन्धन बनेको हो, भनेर प्रचार गरे । त्यसले पनि जनताले उनलाई फेरी एक पटकका लागि भनेर विश्वास गरिदिए ।

१०. सुशासन

शासन गर्दा सुशासन गर्नुपर्छ भन्ने मन्त्रले दिक्षित मोदीले आफ्नो मुख्यमन्त्री काल र पहिलो प्रधानमन्त्री कार्यकालमा त्यसलाई जोड दिए । उनले जनताका कामका सवालमा धर्म गर्न चारधाम पुगेपनि फाइहरुले चारधाम गर्नु हुदैन भनेर शुसाशनलाइ जोड दिए । त्यो कुरालाई उनले निर्वाचनमा प्रचार प्रसार गरिरहे ।

पूर्व प्रधानमन्त्री तथा भाजपाका संस्थापक नेता अटल बिहारी वाजपेयीको जन्म तिथी पारेर सुशासन दिवस नैं शुरु गरेका छन् । त्यस कुरालाई प्रसंगमा ल्याएर निर्वाचनमा प्रचार गरे डिसेम्वर १५ त्यही दिन हो, भनेर जनतालाई स्मरण गराए । वाजपेयीको योगदान सहित जनता प्रति सुशासनको प्रत्याभुती दिलाए । भ्रष्टाचारले अक्रान्त भारतीय समाजलाई उनले आगामी कार्यकाल अझै सुशासनमा प्रतिवद्धता जनाउदै जनतासँग मत मागे ।

उनका यी प्रतिवद्धतालाई जनताले विश्वास गरिदिए । मतको उभार नै ल्याइदिए । अन्तत: भाजपालाई एक्लौटी बहुमत दिलाइदिए । फेरी एक पटक भारतका लागि आफ्नो योजना र प्रतिवद्धता पुरा गर्ने अवसर प्रधानमन्त्री नरेन्द्र मोदी र भाजपा सरकारलाई दिएका छन् ।

(एजेन्सीकाे सहयाेग)

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung