५ जेष्ठ २०८१, शनिबार

 

राजधानीमा हावाहुरीसहितको भीषण वर्षा (तस्बिरसहित)

काठमाडौं । पश्चिमी वायुको प्रभावले राजधानीमा हावाहुरीसहितको भीषण वर्षा भइरहेको छ । शुक्रबार साँझ ५ बजेदेखि मेघ गर्जन र हावाहुरीसहित वर्षाको भइरहेको हाे ।

पूर्वमा बनेको न्यून चापीय रेखा र प्री–मनसुन सक्रिय हुँदा बदलीसँगै वर्षा भइरहेको महाशाखाका मौसमविद् मञ्जु बासीले बताइन्। सामान्यतया प्री–मनसुनको समयमा अपरान्ह र साँझपछि मौसम धुमिएर मेघगर्जन र हावाहुरीसहित वर्षा हुने गरेको छ ।

अहिले राजधानी काठमाडाैं अन्धकार जस्तै भएकाे छ ।

प्रतिक्रिया दिनुहोस्