१६ बैशाख २०८१, आईतवार

 

विदेशी टीभी च्यानल बन्द

प्रस्तावित विज्ञापन ऐन २०७६ विरुद्ध टेलिभिजन सेवा प्रदायक कम्पनीहरुले विदेशी च्यानल बन्द गरेका छन्। इन्टरनेट तथा डिजिटल टिभी समन्वय समिति र नेपाल केवल टेलिभिजन महासंघले संयुक्त रुपमा विज्ञापन प्रसारण हुने सबैजसो विदेशी च्यानलहरु बन्द गराएको हो।

सरकारले विज्ञापन ऐन २०७६ मार्फत क्लिन फिड लागु गर्दै विदेशी विज्ञापनहरु बन्द गर्ने घोषणा गरेपछि नेपाल केवल टेलिभिजन महासंघले विदेशी च्यानलहरु नै बन्द गर्ने निर्णय गरेको थियो। सरकारले विज्ञापन ऐनमार्फत विज्ञापन रहित विदेशी च्यानल मात्रै चलाउन पाईने निर्णय गरेको छ। सो नीतिले नेपालको टेलिभिजन व्यवसायमा नै ठूलो धक्का पर्ने र नेपालीहरुमाझ लोकप्रिय रहेका टीभी कार्यक्रमहरुबाट समेत दर्शक विमुख हुनुपर्ने महासंघको भनाई छ।

महासंघका अनुसार सोमबार अपह्रान्ह ३ बजेदेखि मंगलबार अपह्रान्ह ३ बजेसम्म च्यानलहरु बन्द रहनेछ। विज्ञापनरहीत च्यानलको प्रशारण भने नरोकिएको महासंघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्