१८ बैशाख २०८१, मंगलवार

 

एसईई : मानन्धर र चौधरीको यस्तो आयो नतिजा

बिहीबार प्रकाशित एसईई परीक्षाको नतिजामा नेकपा नेतृ शान्ता चौधरीलाई अभिनेत्री करिश्मा मानन्धरले जितेकी छन् ।

नेतृ शान्ता चौधरीले बी ग्रेड ल्याएकी छन् भने अभिनेत्री मानन्धरले बी प्लस ल्याएकी हुन् । नतिजाअनुसार शान्ताले जीपीए २.६५ ल्याएकी छन् भने करिश्माले ३ ल्याएकी छन् ।

राष्ट्रिय परीक्षा बोर्डले बिहीबार माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा सार्वजनिक गरेको हो । यस वर्षको परीक्षामा देशभरबाट कुल ४ लाख ७५ हजार ३ परीक्षार्थी सहभागी भएका थिए ।

यस वर्ष एसईईमा साधारणतर्फ ४ लाख ४९ हजार ६ सय ४२ र प्राविधिकतर्फ ९ हजार ६ सय ३३ परीक्षार्थी सहभागी भएका थिए । गत १० चैतबाट २१ गतेसम्म परीक्षा सञ्चालन भएको थियो । तीमध्ये २ लाख ३६ हजार ४ सय ४५ छात्र र २ लाख ३८ हजार ५ सय ५८ छात्रा परीक्षार्थी छन् ।

याे पनि हेर्नुहाेस्

एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुस्

प्रतिक्रिया दिनुहोस्