लगानीकर्ताका ४ संगठनले केन्द्रीय निक्षेप प्रणाली (सीडीएससी) लाई आइतबार संयुक्त पत्र लेख्दै सेयर राफसाफ रोकेर समस्या समाधानमा सहयोग गर्न अनुरोध गरेका छन् ।
उनीहरुले दोस्रो बजारमा सेयर बिक्री गरेपछि भौतिक रुपमा नै लगानीकर्ता ब्रोकर कार्यालयमा उपस्थित भई विवरण उपलब्ध गराउनु पर्ने व्यवस्था लगानीकर्ताहरुका लागि अनलाइन र प्रविधिको युगमा कालो धब्बा भएको ठहर गरेका छन्।
उक्त व्यवस्था व्यवहारिक नभएको भन्दै लगानीकर्ताहरुले यो निर्णय स्वीकार नगर्ने जनाएका हुन्। पत्रमार्फत लगानीकर्तालाई तत्काल ब्रोकर कार्यालयमा गएर हस्ताक्षर नगर्न औपचारिक आग्रह पनि गरेका छन् ।














































































































































































































