३ श्रावण २०८३, आईतवार

 

नेप्से ६ अंकले बढ्यो, १५ कम्पनीको बढ्ने क्रममा सर्किट

बुधबार सेयरको बिक्रीमा लाग्ने पुँजीगत लाभकरसम्वन्धी विवाद अन्त्य भएसँगै टुङ्गिएसँगै दोस्रो बजारमा सुधार देखिएको छ। बुधबार नेप्से ६.२० अंकले बढेर १ हजार २ सय ६५.५७ अंकमा पुगेको छ । नेप्से बढेको दिन सेन्सिटिभ इन्डेक्स पनि १.१० अंकले बढेर २ सय ७३.२४ अंकमा पुगेको छ ।

बुधबार ६.२६ अंकले सुधार भएको बजारमा ३७ करोड रुपैयाँको कारोबार भएको छ। १६९ वटा कम्पनीको कारोबार हुँदा ९६ कम्पनीको मूल्य बढेको छ भने ३५ वटाको घटेको छ।

सबैभन्दा धेरै कारोबार हुने कम्पनीमा नेपाल बैंक रह्यो। आज बैंकको सेयर २ करोड ८५ लाख २२ हजार ७ सय २२ रुपैयाँ बराबर रकम कारोबार भएको हो ।

बजार सुधारको संकते देखिएसँगै १५ वटा कम्पनीक शेयर मूल्य अधिकतम बढ्ने क्रममा सर्किट लागेको छ। सर्किट लाग्नेमा १४ वटा माइक्रोफाइनान्स छन्।

बुधबार विकास बैंकबाहेकका सबै उपसमूह बढेका छन्। सो उपसमूह १ अंकमुनि रातो रह्यो। बैंकिङ २, व्यापार ३, होटद ५, फाइनान्स २, निर्जीवन बीमा ५३, उत्पादन १३, अन्य २, जीवन बीमा ४६ र माइक्रोफाइनान्स समूह ५२ अंकले बढेका छन्। म्युचुअल फण्ड र जलविद्युत समूह भने १ अंकमुनि हरियो रहे।

अधिकांश कम्पनीको बजार मूल्य बढ्दै गर्दा गत वर्ष मात्रै प्राथमिक शेयर निष्काशन गरेको युनियन हाइड्रोपावरको शेयर बुधबार पनि ४ प्रतिशतले घट्दा ७० रुपैयाँमा ओर्लेको छ।

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung