युनाइटेड इदी मर्दी एन्ड आरबी हाइड्रोपावरले साधारण सेयर (आइपिओ) निष्कासन गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।
कम्पनीले सर्वसाधारण र आयोजना प्रभावितलाई लक्ष्यित गरी एकैपटक १० करोड ५० लाख रुपैयाँबराबरको १० लाख ५० हजार कित्ता आइपिओ निष्कासन गर्न लागेको हो ।
आइपिओ बिक्रीपछि संस्थापक र सर्वसाधारणको सेयर अनुपात ७५ः२५ हुने कम्पनीको भनाइ छ । यससँगै आयोजनाको कुल लागत १ अर्ब ३७ करोड ५० लाख रुपैयाँ पुग्नेछ ।
कम्पनीले हाल कास्कीमा ७ मेगावट क्षमताको अपर मर्दी हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ । आयोजनाको कुल लागत १ अर्ब ३७ करोड रुपैयाँ अनुमान गरिएको छ ।
त्यस्तै प्रतिमेगावाट लागत १९ करोड ६० लाख रुपैयाँ अनुमान गरिएको छ ।













































































































































































































