लक्ष्मी बैंकको प्रवर्धनमा लक्ष्मी क्यापिटलअन्तर्गत सञ्चालित सामूहिक लगानी कोष लक्ष्मी भ्यालु फन्ड–१ ले १५ प्रतिशत लाभांश घोषणा गरेको छ । क्यापिटलको बुधबार बसेको सञ्चालक समिति बैठकले एकाइधनीहरूलाई करसहित १५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
फन्ड ५० करोड रुपैयाँबराबरको छ । पाँचवर्षे अवधिको योजना आउँदो वर्ष परिपक्व हुनेछ ।
फन्डको बैंक मौज्दात २७ करोड ११ लाख रुपैयाँ छ भने मुद्दती निक्षेपमा ५० करोड रुपैयाँ छ ।
कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार असार मसान्तसम्ममा लक्ष्मी भ्यालु फन्ड १ को प्रतिएकाइ खुद मूल्य ११।९८ रुपैयाँ छ ।














































































































































































































