३ श्रावण २०८३, आईतवार

 

युनाइटेड इन्स्योरेन्सको हकप्रद भदौ ३ बाट

युनाइटेड इन्स्योरेन्स कम्पनीले भदौ ३ देखि चुक्ता पुँजीको २४० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ।’

कम्पनीले साउन १३ गतेसम्म कायम सेयरधनीहरूका लागि ७२ करोड ५७ लाख ६० हजार रुपैयाँबराबरको हकप्रद जारी गर्ने भएको हो ।

एक कित्ता सेयर हुनेले २.४ कित्ताको दरमा असोज ६ गतेसम्म आवेदन दिन पाउने धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलले जनाएको छ ।

कम्पनीको चुक्ता पुँजी हाल ३० करोड २४ लाख छ भने हकप्रदपछि १ अर्ब २ करोड ८१ लाख ६० हजार रुपैयाँ पुग्नेछ ।

हकप्रद निष्कासनपछि कम्पनीले बीमा समितिले तोकेको न्यूनतम चुक्ता पुँजी कायम गर्न सक्नेछ ।

कम्पनीको हकप्रद धितोपत्र बोर्डबाट असार ८ गते स्वीकृत भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung