
साताको पहिलो कारोबार दिन आइतबार सेयरबजारमा सामान्य अंकको गिरावट आएको छ । बजार कारोबार मापक नेप्से सूचक ४।२० अंकले घटेर १२५९.६४ विन्दुमा आइपुगेको छ।
नेप्से सूचक १२५९.६४ अंकमा रोकिदा जम्मा ४४ वटा कम्पनीको शेयर मूल्य मात्रै बढेको छ। कारोबार भएका ११ समूहमध्ये २ वटामा मात्र वृद्धि भएको छ । माइक्रोफाइनान्स र फाइनान्सको सूचक बाहेक सम्पूर्ण सूचक तथा उपसूचक ओरालो झरेका छन्।
सबैभन्दा बढी निर्जीवन बिमा कम्पनीहरुमा २४.५६ अंकको गिरावट आएको छ । यस्तै, जीवन बिमा समूह पनि २३.०७ अंकले घटेको छ ।
कारोबार रकमका आधारमा नेपाल बैंकले अग्रता लिएको छ । बैंकको ५ करोड १२ लाख २५ हजार रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । यस्तै, दोस्रो र तेस्रो स्थानमा कृषि विकास बैंक र ग्रामीण विकास लघुवित्त रहेका छन् ।
कृषि विकास बैंकको २ करोड ९५ लाखको, ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको १ करोड ९२ लाखको, प्रभु बैंकको १ करोड ८४ लाखको, सानिमा बैंक लिमिटेडको १ करोड ५१ लाखको सेयर कारोबार भएको हो।