साताको तेस्रो दिन मंगलबार धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार ९.३६ अङ्कले ओरालो लागेको छ। नेपाल स्टक एक्स्चेन्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ९.३६ अङ्कले घटेर १२४५.७३ विन्दुमा पुगेको छ। यस्तै सेन्सेटिभ परिसूचक १.९१ अङ्कले घटेर २६९.१० मा पुगेको छ ।
आज कुल १६९ कम्पनीका १४ लाख ४९ हजार ६९७ कित्ता सेयर ५४ करोड ७ लाख ५५ हजार १ सय ८२ मूल्यमा खरिदबिक्री भए। कारोबार भएका १२ वटै उपसमूहको सेयर ओरालो लागेको छ।
आज सबैभन्दा बढि कृषि विकास बैंकको सेयर कारोबार भएको छ । उक्त बैंकको ८ करोड ५४ लाख ४१ हजार ३६८ बराबरको सेयर कारोबार भएको हो । यस्तै नेपाल बैंक लिमिटेडको रु ४ करोड १६ लाख १० हजार ६०१, एनआइसी एसिया बैंकको रु १ करोड ९६ लाख नौ हजार ८०९, प्रभु बैंकको १ करोड ३१ लाख ५२ हजार ६ सय ७१, लुम्बिनी विकास बैंकको १ करोड १८ लाख तीन हजार ३ सय ९९ र सिद्धार्थ बैंक लिमिटेडको रु १ करोड पाँच लाख ४० हजार १५३ बराबरको कारोबार भएको छ।
त्यस्तै जोशी हाइड्रोपावर, गुँरास लाईफ, लक्ष्मी लघुवित्त र कालिका पावरको शेयरमूल्य २ प्रतिशतभन्दा धेरैले बढेको छ। सानिमा इक्विटी फण्ड र लक्ष्मी भ्यालु फण्डको इकाईमूल्य १.९९ प्रतिशतले बढेको छ । त्यसैगरी मंगलबार सपोर्ट माइक्रोफाइनान्स, र स्पर्श लघुवित्तको शेयरमूल्यमा नेगेभि सर्किट लागेको छ। केहि दिन अगाडि उच्च रुपले बढेको लघुवित्त कम्पनीहरुको शेयरमूल्य पछिल्लो समय उच्च रुपले घट्न थालेको हो । शेयरमूल्य उच्च रुपले घट्ने शिर्ष १० कम्पनीमा ९ वटा लघुवित्त कम्पनी रहेका छन् ।
मंगलबारदेखि नेप्सेमा शेयर कारोबार खुलेको साञ्जेन र रसुवागढी हाइड्रोपावरको शेयरमूल्य करिब १० प्रतिशतले घटेको छ। स्टकले रसुवागढीलाई सुरुवाती कारोबारका लागि प्रतिकित्ता न्यूनतम ९७ रुपैयाँ २९ पैसा र अधिकतम २९१ रुपैयाँ ८७ पैसा तोकेको थियो। यस्तै साञ्जेन जलविद्युत् कम्पनीको शेयर कारोबारका लागि प्रतिकित्ता न्यूनतम ९६ रुपैयाँ ३२ पैसा र अधिकतम २ सय ८८ रुपैयाँ ९६ पैसा तोकेको थियो।
नेप्सेमा २८६ रुपैयाँमा पहिलो कारोबार खुलेको रसुवागढी हाइड्रोपावरको शेयर २३ रुपैयाँले घटेर २६३ रुपैयाँमा कारोबार बन्द भएको छ। यस्तै नेप्सेमा २८८ रुपैयाँमा पहिलो कारोबार खुलेको साञ्जेन जलविद्युतको शेयरमुल्य २७ रुपैयाँले घटेर २६१ रुपैयाँमा झरेको छ।
कारोबारको पहिलो दिन साञ्जेनको ११ हजार ६८६ कित्ता शेयर ६६० पटकको कारोबारबाट ३१ लाख ८३ हजार ७०१ रुपैयाँमा खरिद बिक्री भएको छ।
यस्तै रसुवागढीको ६ हजार ४० कित्ता शेयर १८४ पटकको कारोबारबाट १६ लाख ८६ हजार ३४० रुपैयाँमा खरिद बिक्री भएको छ ।
यस अघि साताको पहिलो कारोबार दिन आइतबार ४.२० अंकले ओरालो लागेको बजार परिसूचक सोमबार ४.५५ अंकले घटेको थियो।













































































































































































































