साताको दोस्रो दिन सोमबार सेयर कारोबार मापन गर्ने नेपाल स्टक एक्सचेन्जमा झिनो सुधार आएको छ । आज नेप्से ०.१३ अंकले बढेर १ हजार २ सय ३३.८५ अंकमा पुगेको छ। नेप्से बढेको दिन सेन्सेटिभ इन्डिेक्स्ट पनि ०.१२ अंकले बढेर २ सय ६७.७२ अंकमा पुगेको हो ।
सोमबार १ सय ७१ कम्पनीको १८ लाख २१ हजार ८२२ कित्ता सेयर ३१ करोड ४२ लाख २८ हजार ९२१ रुपैयाँमा कारोबार भएको छ । आज १२ वटा समूहगत उपसूचकमध्ये ७ समूह उकालो लागेका छन् भने बाँकी ५ समूह ओरालो लागेका छन्।
बैंकिङ ०.४२, व्यापार ६.२५, जलविद्युत् २.५२, निर्जीवन बीमा ३४.३२ र अन्य उपसमूह ०.८५ बिन्दुले घटेको छ । यस्तै होटल २०.५९, विकास बैंक ५.२१, वित्त २.९१, उत्पादन ८.१५, लघुवित्त ५.०५, जीवन बीमा १९.६१ र सामूहिक लगानी कोष ०.०४ बिन्दुले बढेको छ ।
सोमबार सबैभन्दा धेरै कारोबार रसुवागढी हाइड्रोपावरको कारोबार भयो। यस दिन कम्पनीको सेयर २ करोड ५९ लाख ३ हजार ४ सय रुपैयाँमा कारोबार भएको हो । त्यस्तै साञ्जेन जलविद्युत् कम्पनीको एक करोड ४९ लाख ४२ हजार ३८०, प्रभु बैंकको एक करोड ३८ लाख ४४ हजार ७१, मेघा बैंक लिमिटेडको संस्थापक शेयर एक करोड २६ लाख ९४ हजार, एनसिसी बैंकको एक करोड २४ लाख ९२ हजार ६६६ मूल्यमा कारोवार भएको छ।
आज बढी कमाउनेमा नाडेप लघुवित्त वित्तीय संस्था ९.८९, बल्र्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स ९.०९, नेपाल सेवा लघुवित्त वित्तीय संस्था ७.७३, जोशी हाइड्रोपावर ७.३५ छन्।
त्यस्तै आज गुमाउनेमा विशाल बजार कम्पनी ५.२६, एनआइबिएल प्रगति फण्ड ४.७२, एनआइबिएल समृद्धि फण्ड एक ३.९१, नेपाल एग्रो लघुवित्त वित्तीयी संस्था ३.३७ र लक्ष्मी लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ३.३२ छन्।













































































































































































































