३ श्रावण २०८३, आईतवार

 

विद्युत प्राधिकरणको नाफा ७ अर्ब नाघ्यो, २२ प्रतिशत जनसंख्यामा अझैं पुगेन बिजुली

नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्ष २०७४/७५ मा ७ अर्ब २० करोड खुद नाफा कमाएको छ। प्राधिकरणकाे अघिल्लो वर्षको तुलनामा १ सय ४९ प्रतिशतले नाफा बढेको हो।

विद्युत प्राधिकरणको नाफा ७ अर्ब नाघेतापनि २२ प्रतिशत जनसंख्यामा अझै  बिजुली पुग्नेन सकेकाे छैन् ।  देशमा विजुली उत्पादन तथा वितरणमा एकल अधिकार भएको प्राधिकरण लगातार तेस्रो वर्ष नाफामा गएको हो ।

उर्जा, जलश्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले मंगलबार सिंहदरबारमा पत्रकार सम्मेलन गरी गत आर्थिक वर्षमा प्राधिकरणले गरेको प्रगति समीक्षाका बारेमा जानकारी गराए । पत्रकार सम्मेलनमा उर्जा मन्त्री पुनले लामो समय देखि रुग्न बनेको अप्पर त्रिशुली ३ ‘ए’ तथा कावेली करिडोरलगायतका उत्पादन तर्फ १, प्रशारण तर्फ ३ र वितरण तर्फ ३४ गरी ३८ वटा रुग्न आयोजनाहरु सम्पन्न भएको जानकारी दिए ।

कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अब प्राधिकरणमा धेरै सुधार भएको र अब पछाडि नजाने बताए।

प्राधिकरणले विद्युत् चुहावटमा उल्लेख्य रुपमा कमि ल्याएको छ । अघिल्लो वर्षको तुलनामा ५ दशमलब १३ प्रतिशतले विद्युत् चुहावट घटेको हो । हाल प्राधिकरणको विद्युत् चुहावट १५ दशकमलब १३ प्रतिशत छ ।

त्यसैगरी गत असार मसान्तसम्ममा राष्ट्रिय प्रशारणलाइनमा आबद्ध भई विद्युत उपभोग गर्ने जनसंख्या ७८ प्रतिशत रहेको छ। यो गत वर्षको तुलनामा करिब १० प्रतिशत बढी हो। गत आर्थिक वर्ष कुल विद्युत उपलब्धता ७ अर्ब ५५ करोड युनिट (किलोवाट आवर) रहेको छ। यसमा प्राधिकरणले ३४, निजी उत्पादकको २९ र भारतबाट आयात गर्ने बिजुलीको हिस्सा ३७ प्रतिशत रहेको छ।

प्राधिकरणले गएको वर्ष कूल ३७ अर्ब १६ करोडको बिजुली किनेको छ। यसमा नीजि क्षेत्रबाट १४ अर्ब १३ करोड र भारतबाट २३ अर्ब ३ करोड रुपैयाँ बराबरको विद्युत खरीद गरिएको हो। प्राधिकरणले यस अवधिमा ३ करोड ४७ लाख युनिट अर्थात् ३२ करोड रुपैयाको विद्युत् निर्यात गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung