
तेलगु सुपरस्टार प्रभासको मुख्य भूमिका रहेको बलिउड चलचित्र ‘साहो’ आगामी अगस्टमा रिलिज हुँदै छ । प्रभासको ‘बाहुबली’पछिको यो दोस्रो बलिउड चलचित्र हो ।
‘साहो’को आइतबार हैदराबादस्थित रामोजी फिल्म सिटीमा प्री–रिलिज प्रिमियर सो राखिएको थियो । उक्त सो फिल्म प्रमोसनको भिन्न शैलीका कारण चर्चामा रह्यो । सोमा प्रभासको ६० फिट उचाइको कट आउट राखिएको थियो जुन दर्शकका लागि आकर्षणको केन्द्र बन्यो ।
फिल्ममा प्रभास र श्रद्धा कपुरका साथ नील नितिन मुकेश, ज्याकी स्राफ, मन्दिरा बेदी, गुल्सन ग्रोबर र महेश मान्जरेकरलगायत कलाकारको अभिनय रहेको छ । सुजित रेड्डीको निर्देशन रहेको ‘साहो’ अगस्ट ३० मा रिलिज हुँदै छ ।