३ श्रावण २०८३, आईतवार

 

नेप्से ७ दशमलव २३ अंकले बढ्यो

साताको दोस्रो दिन सोमबार सेयर बजार उकालो लागेको छ। आइतबार साढे ९ अंकले गिरावट आएको नेप्से परिसूचक सोमबार ७ दशलमव २३ अंकले बढेर १२२२.०६ विन्दुमा आइपुगेको छ।

सोमबार १७५ कम्पनीको १४ लाख ७७ हजार कित्ता सेयर ३८ करोड ९६ लाख रुपैयाँमा कारोबार भएको छ। आइतबार कारोबार रकम ३१ करोड रुपैयाँमा खुम्चिएको थियो।

सोमबार निर्जीवन बिमाबाहेक अन्य सबै समूहको उपसूचक उकालो लागेको छ। निर्जीवन बिमा समूहको उपसूचक भने २९ दशमलव ७८ अंकले घटेको छ। सबैभन्दा बढी जीवन बीमा समूहको उपसूचक ४४ दशमलव ३२ अंकले बढेको छ।

सोमबार कारोबारमा आएकामध्ये १०३ वटा कम्पनीको सेयरमूल्य बढेको छ भने ३९ वटा कम्पनीको सेयरमूल्य घटेको छ। २३ वटा कम्पनीको सेयरमूल्यमा भने कुनै परिवर्तन भएको छैन।

कारोबारका आधारमा सोमबार सबैभन्दा बढी सिद्धार्थ बैंक लिमिटेडको २ करोड ५८ लाखको सेयर कारोबार भएको छ। त्यस्तै रसुवागढी हाइड्रोपावर लिमिटेडको २ करोड १५ लाख, एनआईसी एसिया बैंकको १ करोड ७१ लाख, सोल्टी होटलको १ करोड ६७ लाख र कृषि विकास बैंकको १ करोड ६६ लाखको सेयर कारोबार भएको छ।

सोमबार सबैभन्दा बढी कमाउनेमा नाडेप लघुवित्त वित्तीय संस्था रहेको छ। उक्त संस्थाका लगानीकर्ताले प्रतिकित्ता ७ दशमलव ५० प्रतिशतले कमाएका छन् भने सबैभन्दा धेरै गुमाउनेमा सानिमा इक्विटी फन्डका लगानीकर्ताले प्रतिकित्ता ३ दशमलव ५७ प्रतिशतले गुमाएका छन्।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung