३ श्रावण २०८३, आईतवार

 

सबैको लघुवित्तको सेयर दोस्रो बजारमा

सबैको लघुवित्त वित्तीय संस्थाले बिहीबारदेखि नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सेयर कारोबार खुलेको छ ।

नेप्सेले संस्थाको सेयर पहिलो कारोबारका लागि प्रतिकित्ता १०० रुपैयाँ ८८ पैसादेखि अधिकतम ३०२ रुपैयाँ ६४ पैसासम्मको ‘रेन्ज’ प्रदान गरेको थियो ।

लघुवित्तले बुधबार ५ लाख ३० हजार कित्ता साधारण सेयरसहित कुल १६ लाख ५० हजार कित्ता सेयर नेप्सेमा सूचीकृत गराएको छ ।

यसअघि लघुवित्तले साउन १ गते ५ करोड ३० लाख बराबरको ५ लाख ३० हजार कित्ता आइपिओ निष्कासन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung