२१ भाद्र २०८३, आईतवार

 

आमिरकी छोरी र धवनकी भतिजी डेब्यु तयारीमा

बलिउड स्टारका सन्तान पनि अभिभावकको पथ पछ्याउँदै चलचित्रमा आउने प्रचलन नयाँ होइन । यही क्रममा अहिले आमिर खानकी छोरी इरा र वरुण धवनकी भतिजी अञ्जिनीको बलिउड डेब्युलाई लिएर चर्चा भइरहेको छ । इरा निर्देशकका रूपमा बलिउडमा करियर बनाउने तयारीमा रहँदा अन्जिनी अभिनेत्रीका रूपमा खाता खोल्दै छिन् ।

इरा छिट्टै नै ‘युरिपाइड्स मेडिया’ नामको प्ले निर्देशन गर्दै छिन् । यसको कहानी ग्रिक माइथोलोजीबाट लिइएको छ जसमा बढीजसो वियोगान्तक कथा हुन्छ । उक्त प्लेको पहिलो प्रदर्शन डिसेम्बरमा भारतका थुप्रै सहरमा हुनेछ भने रिहर्सल चाँडै मुम्बई सुरु हुँदै छ । इराले यो प्लेमाथि थुप्रै महिना रिसर्च गरेकी थिइन् ।

अर्कातिर अन्जिनी अभिनेत्रीका रूपमा डेब्यु गर्ने सुरसारमा छिन् । उनी अहिले यसका लागि तालिम लिन व्यस्त छिन् । अभिनय र नृत्यको क्लास धाइरहेकी छन् । पछिल्लो समय उनी कुली नन्बर १ मा निर्देशक डेविड धवनलाई असिस्ट गर्दै छिन् ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung