२१ भाद्र २०८३, आईतवार

 

‘वार’ ट्रेलरमा ऋतिक र टाइगरको घम्साघम्सी

बलिउड फिल्म ‘वार’को ट्रेलर सार्वजनिक भएको छ। यशराज फिल्मसको ब्यानरमा निर्मित फिल्ममा ऋतिक रोशन तथा टाइगर श्राफ मुख्य भुमिकामा छन्। २ मिनेट २५ लामो ट्रेलरमा दुई अभिनेताबीचको टकरावलाई प्रधानता दिइएको छ।

फिल्म हिन्दी, तमिल र तेलुगु भाषामा रिलिज गरिने भएको छ । यो फिल्म सात फरक देश र १५ शहरमा शूट गरिएको छ भने फिल्ममा चार फरक एक्सन डाइरेक्टरले काम गरेका छन्।

अगष्ट २ मा रिलिज हुने फिल्ममा नायिका वाणी कपूरलाई ग्ल्यामर अवतारमा प्रस्तुत गरिएको छ।  सिद्धार्थ आनन्दको निर्देशनमा तयार भएको फिल्ममा विशाल एन्ड शेखरको संगीत रहेको छ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung