३ श्रावण २०८३, आईतवार

 

दोहोरो अंकले घट्यो नेप्से

साताको पहिलो दिन आइतबार शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । नेप्से परिसूचक १२.६१ बिन्दुले घटेर एक हजार १७८.४६ मा झरेको हो। यस्तै सेन्सेटिभ परिसूचक २.७७ बिन्दुले घटेर २५७.१३ बिन्दुमा पुगेको छ। नेप्से घटेपछि कारोवार रकम पनि सामान्य नै रहेको छ । आज कूल १६५ कम्पनीको ११ लाख ७३ हजार ४८८ कित्ता सेयर ३० करोड ५३ लाख १० हजार ७१९ मा कारोवार भयो ।
आज कूल ११ उपसमूहको सेयर नै ओरालो लागेको छ । बैंकिङ १०.९६, होटल ९.२२, विकास बैंक १५.८२, जलविद्युत् १२.९२, वित्त ०.२९, निर्जीवन बीमा १०२.२९, उत्पादन १२.५९, अन्य ७.१५, लघुवित्त ७।५, जीवन बीमा ८५.४४ र सामूहिक लगानी कोष ०.०४ बिन्दुले घटेको छ ।

आज सबैभन्दा बढि कारोबार प्रभु बैंकको संस्थापक सेयरको भयो । प्रभु बैंकको संस्थापक शेयर रु पाँच करोड २४ लाख ८० हजार बराबरको कारोवार भयो । यस्तै एनआइसी एशिया बैंक रु एक करोड ६१ लाख ८८ हजार, प्रभु बैंक रु एक करोड २९ लाख ४७ हजार ८५९, नेपाल लाइफ इन्सुरेन्स रु एक करोड १३ लाख ८७ हजार १३१, कुमारी बैंक रु ९३ लाख २३ हजार ४५५ र शिवम् सिमेन्ट रु ८१ लाख १६ हजार ५८८ मूल्यमा कारोबार भई शीर्ष स्थानमा रहे ।

आज सबैभन्दा बढी कमाउनेमा आँधीखोला लघुवित्त वित्तीय संस्थाका सेयरधनी रहेका छन्। उक्त संस्थाका सेयरधनीले ९.९० प्रतिशतले कमाउँदा जानकी फाइनान्स ५.२६, राधी विद्युत् कम्पनी ४.४४, सानिमा इक्विटी फण्ड २.९८, गुडविल फाइनान्स २.२१ र जनउत्थान सामुदायिक लघुवित्त विकास बैंकका लगानीकर्ताले १.९४ प्रतिशतले कमाए ।

त्यस्तै आज गुमाउँनेमा पाँचथर पावर कम्पनी ८.४९ प्रतिशत, युनिभर्सल पावर कम्पनी ८.२३, सिन्धु विकास बैंक ७.४०, नेशनल लाइफ इन्सुरेन्स ६.८१, र युनियन हाइड्रोपावर ५ प्रतिशत रहेका छन्।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung