३ श्रावण २०८३, आईतवार

 

छिमेक लघुवित्तले गर्‍यो ४४.३३ % लाभांश प्रस्ताव

छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरूलाई ४४ दशमलव ३३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीको भदौ २४ गते बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरूका लागि २७ दशमलव ११८६ प्रतिशत बोनस सेयर र १७ दशमलव २१६८ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीले पाउनेछन् ।

हाल कम्पनीको पुँजी रू. १ अर्ब १८ करोड छ भने प्रस्तावित बोनस वितरणपछि पुँजी रू. १ अर्ब ५० करोड पुग्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung