३१ बैशाख २०८२, बुधबार

 

बेनीबाट हराइन् गर्भवती महिला

 

पर्वतको कुश्मा नगरपालिका–१ पाङ माइती भई म्याग्दीको बेनी नगरपालिका–८ मा बिहेबारी गरेकी एक गर्भवती विगत १० दिनदेखि बेपत्ता भएकी छिन् ।

स्थानीय शङ्कर रत्नकी १८ वर्षीया पाँच महिनाकी गर्भवती मनिषा रत्न परियार भदौ १८ गते रातिदेखि म्याग्दी सदरमुकाम बेनी बजारमा रहेको घरबाटै बेपत्ता भएकी हुन् । भदौ १२ गते हरितालिका तीजका लागि माइतीमा आएकी परियार स्वास्थ्यमा समस्या देखिएपछि १८ गते घर फर्किएकी थिइन् । घर फर्किएको साँझ ७ः३० बजेदेखि सम्पर्कविहीन भएको उनका श्रीमान् शङ्कर रत्नले जानकारी दिए ।

माइत आएकी छोरीलाई पेट दुख्ने, स्वास फेर्न गाह्रो हुने समस्या देखिएपछि मनिषाकी आमा सिर्जना र ठूलो बाबु विकास परियारले १८ गते साँझ ५ बजे घर पु¥याएर फर्किएका थिए । आफू फर्किएर पाङ आइपुगेपछि छोरीको स्वास्थ्य अवस्था बुझ्न राति ७ः३० बजेको समयमा फोन गर्दा श्रीमानले उठाएको र त्यसपछि साँझदेखि नै छोरी सम्पर्कमा नआएको सिर्जनाले बताइन् ।

उनका अनुसार घरमा पटकपटक छोरीलाई मानसिक यातना दिने गरेको र भदौ १५ गते दर खाँदाको दिन राति श्रीमान शङ्करले फोन गरेर गाली गरेको आरोप छ । मनिषाले चार वर्षअघि भागेर शङ्करसँग प्रेम विवाह गरेको बताइएको छ । राति खाना खाएपछि घरबाट कपडा सिलाउनका लागि निक्किएको स्थानीयले बताउने गरेको प्रहरीले जनाएको छ ।

यता जिल्ला प्रहरी कार्यालय म्याग्दीले बेपत्ता बनेकी मनिषाको खोजीकार्य भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung